२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ

१५ भाद्र २०७७, सोमबार ०८:३०

भदौ १५, गलकोट । कोरोना भाइरसका कारण दैनिक गुजारा चलाउन समस्यामा परेका मजदूरलाई सहयोग गर्नका लागि मोबाइल फुड बैंक स्थापना गरिएको छ । लियो क्लब अफ बागलुङ कालिकाले बागलुङ बजारमा ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ अभियान शुरु गरेको छ ।


ज्याला मजदूरी गुमाएर दैनिक छाक टर्ना समस्यामा परेका नागरिकलाई लक्षित गरी आइतबारदेखि उक्त अभियान शुरु गरिएको हो । अभियानको पहिलो दिन बागलुङ बजारको जीप पार्कमा मोबाइल फुड बैंक राखिएको थियो ।  स्वतःस्फूर्त सहयोग सङ्कलन र वितरणको काम भएको क्लबका कार्यक्रम संयोजक रामप्रसाद घिमिरेले जानकारी दिनुभयो । सङ्कटको समयमा कुनै पनि नागरिक भोकै बस्न बाध्य नहुन भन्ने अभिप्रायले यस्तो अभियान शुरु गरिएको उहाँको भनाइ छ । “भएकाले एक पोका, दुई पोका जति दिएर गए पनि हुन्छ, नभएकाले झिकेर लान सक्नेछन्”, उहाँले भन्नुभयो, “सङ्कटमा बाँडीचँुडी खानुपर्ने भावना पैदासमेत अभियानले गराउने आशा राखिएको छ ।”

अभियानको पहिलो दिन दैनिक जीविका चलाउन कठिन भएका ४३ ले मोबाइल फुड बैंकमार्फत राहत सामग्री लगेका संयोजक घिमिरेले जानकारी दिनुभयो । राहत सामग्रीमा प्रतिव्यक्ति तीन केजी चामल, एक पोका तेल, आधा केजी दाल उपलब्ध हुनेछ । यस्तो अभियान आवश्यकताअनुसार बागलुङ बजारका विभिन्न स्थानमा सञ्चालन हुनसक्ने क्लबले जनाएको छ ।

अभियानका क्रममा सोमबार लोकतान्त्रिक चोकमा मोबाइल फुड बैंक राखिने र प्राप्त सहयोगअनुसार यसलाई निरन्तरता दिइने लियो क्लबका अध्यक्ष क्लबका अध्यक्ष सन्देश बोगटीले बताउनुभयो । क्लबले सञ्चालन गरेको अभियानबाट खाद्यान्न हुनेले दिएर जाने र नहुनेले लिएर जान सक्नेछन् । क्लबले शुरु गरेको अभियानमा स्वतःस्फूर्त सहयोग प्राप्त हुनसमेत थालिसकेको छ ।  अभियान यहाँका बजारका मुख्य चोकमा सञ्चालन गरिनेछ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य