Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङको बडिगाडमा अबैध ढुंगा गिट्टी उत्खनन् गर्ने स्काभेटर सहित २ जना नियन्त्रणमा

२०७७, १६ भाद्र मंगलवार ०१:४१

कमल पौडेल | भदौ १६, बागलुङ | अबैध रुपमा बडिगाड खोलामा उत्खनन् गरेको भन्दै बडिगाड गाउँपालिका ७, भिमगिठे नजिकै कालिरहबाट एक स्काभेटर सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बडिगाड खोलाको बगरमा अवैध गिटि बालुवा उत्खनन् भैरहेको सुचनाका आधारमा स्थलगत रुपमा अनुगमन गर्दा भेटिएको हुण्डाई कम्पनीको २ सय २० सिसिको स्काभेटर सहित उत्खनन् गर्ने २ जनालाई नियन्त्रणमा लिई मंगलवार विहान पुनः प्रहरी कार्यालय आउने गरि छोडिएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरिक्षक प्रकाश सिंह भण्डारीले जानकारी दिनुभएको छ।


विगत केहि महिना देखि स्थानिय छलि विक र गया विकको करिव ३ रोपनी जग्गा भाडामा लिई निसिखोला ७ का सुनिल कुँवर र रेशम पुनले सोहि स्थानमा अबैध गिट्टि, बालुवा उत्खनन् गर्दै आएका थिए। गत जेठ ३० गते विक परिवार संग सम्झौता गरि जग्गा भाडामा लिएका सुनिल र रेशमले वडा कार्यालयबाट अनुमति समेत लिएको देखिएको छ। यद्यपी वडा कार्यालयबाट दिइएको अनुमतिमा गाउँपालिकाको निति नियम र नेपालको कानुन बमोजिम यदि कुनै प्राविधिक तथा कानुनी जटिलता उत्पन्न भएमा सवै पक्ष वसी समन्वय गर्ने र गाउँपालिकाको निर्णय नै सर्वमान्य हुने लेखिएको छ।


उता बडिगाड गाउँपालिकाले अहिलेको समयमा कसैलाइ पनि नदिजन्य पदार्थ उत्खनन् गर्न अनुमति नदिइएको जनाएको छ। वडाले दिएको सिफरिसमा आफुहरु अनविज्ञ रहेको प्रशासकिय अधिकृत थम्मन रेश्मीले बताउनु भएको छ। गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले कानुनलेनै बर्जित गरेको विषय आफुहरुले अनमति दिने भन्ने विषय नै नभएको र अबैध कार्य जो कोहि भएपनि कानुनी दायरामा आउनुपर्ने बताउनु भएको छ।  

गण्डकी प्रदेश सरकारले ढुङ्गा, गिट्टि, बालुवा उत्खनन, संकलन, क्रसिङ र विक्रि वितरण तथा क्रसर स्थापना र सञ्चालनलाई व्यवस्थित गर्ने कार्यविधि २०७५ मा असार १ गते देखि भाद्र १५ भित्र कुनै पनि नदिजन्य पदार्थ उत्खनन् गर्न नपाइने कानुनि व्यवस्था गरेको छ। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश