३१ चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा कोरोना सङ्क्रमित शून्य

१७ भाद्र २०७७, बुधबार ०७:०२

भदौ १७, रोल्पा । जिल्लामा कोरोना सङ्क्रमित शून्य भएको छ । देशैभर कोरोना सङ्क्रमित समुदायस्तरमै बढिरहेका बेला रोल्पामा भने कोरोनाको सक्रिय सङ्क्रमित सङ्ख्या शून्यमा झरेको छ । पछिल्लोपटक अस्थायी आइसोलेशन केन्द्रमा बस्दैआएका तीन जना घर फिर्ता भएसँगै जिल्लामा सक्रिय सङ्क्रमित सङ्ख्या शून्य भएको हो ।

जिल्लामा हालसम्म देखापरेका सङ्क्रमित ८३ मध्ये ७८ जना कोरोना जितेर आइसोलेशनबाट फिर्ता भइसकेका छन् । सङ्क्रमितमध्येका अन्य पाँच  सङ्क्रमित भने अन्य जिल्लाका रहेकाले हाल जिल्ला जनस्वास्थ्यको सम्पर्कमै नरहेको जिल्ला स्वास्थ्य कार्यालय, रोल्पाका प्रमुख अनिल केसी बताउनुहुन्छ । उनीहरुको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिए पनि अझैसम्म जिल्लाको आइसोलेशनमा आइनपुगेकाले जिल्लाको कोरोनाको सक्रिय सङ्क्रमित सङ्ख्या शून्य देखिएको हो । क्वारेन्टिनमा बसेका बखत आत्महत्या गरेका एक जनाको रिपोर्ट पोजेटिभ देखिएका कारण जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक  देखिएको छ ।

जिल्ला कोरोनामुक्त भन्न मिल्दैन, जिल्लाको क्षेत्रभित्र कोरोना पोजेटिभ नभए पनि जिल्ला बाहिर रहेका रोल्पाली कोरोना सङ्क्रमित हुनसक्ने भएकाले कोरोनामुक्त नभई कोरोना शून्य भएको अवस्था भन्न सकिने प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले बताउनुभयो । “स्वाब परीक्षणका लागि केही नमूना पठाइएको हँुदा त्यसको पोजेटिभ रिपोर्ट आउनसक्ने सम्भावनालाई नकार्न सकिँदैन”, प्रजिअ रानाले भन्नुभयो । 

कोरोना सक्रिय सङ्क्रमितका लागि जिल्लामा ७८ श्ययाको आइसोलेशन केन्द्र स्थापना गरी सेवा प्रवाह भइरहेको छ । जलजला बहुमुखी क्याम्पसमा रहेको सो आइसोलेशन सञ्चालनका लागि जिल्लाका दशवटै स्थानीय  तह र प्रदेश सरकारका साथै सर्वसाधारणले समेत आर्थिक भौतिक सहयोग गरेका थिए । जिल्ला कोराना शून्य रहे पनि सरकारको निर्देशन नहुँदासम्म आइसोलेशन केन्द्र कायमै रहने स्थानीय प्रशासनको भनाइ छ ।

भारत तथा अन्य मुलुकका साथै देशको विभिन्न जिल्लाबाटसमेत रोल्पा आवतजावत भइरहेको हँुदा जुनसुकै बेला कोरोना सङ्क्रमित देखिन सक्छन् । गत जेठ १ गतेदेखि हालसम्म भारतबाट दुई हजार ३७९  र तेस्रो मुलुकबाट २६१ जना रोल्पा भित्रिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । यसरी भित्रनेमध्ये सबैभन्दा धेरै सुनिल स्मृति गाउँपालिकामा ७४७ जना भारतबाट र पाँच जना तेस्रो मुलुकबाट  छन् भने सबभन्दा कम थवाड गाउँपालिकामा भारतबाट २० र तेस्रो मुलुकबाट २४ जना  छन् । जिल्लामा हालसम्म दुई हजार ४८१ जनाको स्वाब सङ्कलन गरिएकामा दुई हजार ४०८ जनाको स्वाब परीक्षण गरिएको छ । हाल जिल्लाका विभिन्न स्थानमा ९७ श्ययासहितको २२ स्थानमा क्वारेन्टिन  छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ काठमाडौँ उपत्यकामा बिहानदेखि हल्का वर्षा नेपाली चलचित्र क्षेत्रका लागि २०८१ समग्रमा सुखद वर्ष नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित युरोप रोजगारको मागपत्र प्रमाणीकरण एक महिनाभित्रै सुरु हुने, व्यक्तिगत श्रमस्वीकृतिमा लगाम लगाइने दाउन्नेमा ट्राफिक व्यवस्थापन गर्न डेढ सय बढी सुरक्षाकर्मी परिचालन गृहमन्त्री लेखकले राजावादीको हिंसात्मक प्रदर्शन घटनामा संलग्नहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए उत्तरी चीनमा मानिसलाई घरभित्रै बस्न अपिल गरियो, वीरगन्जमा १७ जना बालकको उद्धार विष्णुप्रसाद पौडेलले एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्नु सबै कार्यकर्ताको दायित्व हो भने राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्ने केपी शर्मा ओलीले राजतन्त्रले जनताका लागि केही नगरेको टिप्पणी गरे उच्च अदालतको आदेश बदर गर्न माग गर्दै रविले हाले सर्वोच्च अदालतमा निवेदन गगन थापाले आन्दोलनरत शिक्षकका केही माग कानून नबनाइ छिट्टै हल गर्न सकिने बताए निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण पूर्वराजालाई संसदीय समिति बैठकमा बोलाउनुपर्ने जीवन परियारको माग भृकुटीमण्डपमा दुई-पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ सुरु सञ्चार तथा सूचना प्रविधिमन्त्रीले संविधान संशोधन, सुशासन र अर्थतन्त्र चलायमान बनाउने काम भइरहेको बताए तीन महिने शिशु बोकेर भागेकी युवती पक्राउ