By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    2 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    3 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    3 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    4 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    9 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    9 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    9 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: पहिरो पीडितको पीडाः ‘टहराको बास र थापेको गाँसमा चल्दै छ सास’
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > बाग्लुङ्ग - BGL > पहिरो पीडितको पीडाः ‘टहराको बास र थापेको गाँसमा चल्दै छ सास’
बाग्लुङ्ग - BGLसमाज

पहिरो पीडितको पीडाः ‘टहराको बास र थापेको गाँसमा चल्दै छ सास’

साझासवाल
Last updated: September 2, 2020 7:19 am
साझासवाल
5 Min Read
Share

भदौ १७, गलेश्वर । पहिरोले घरखेत लगेपछि म्याग्दीको धवलागिरि गाउँपालिका—६ मराङका बासिन्दाको बिचल्ली भएको छ । उनीहरूलाई सबैभन्दा ठूलो चिन्ता बासको छ । “टहरेको बास र थापेको गासमा चल्दै छ सास”, ४७ वर्षीया चनमति लामगाडेले भन्नुभयो, “अब कहाँ बस्ने, के खाने थाहा छैन।” 

“गत असार २५ गतेको रातलाई सम्झदा पनि मन भक्कानिन्छ, कसैले नसोधिदिए हुन्थ्यो नि जस्तो लाग्छ”, त्यो राति आएको पहिरोमा चार सन्तान गुमाएकी चनमतिले भन्नुभयो, “चार सन्तानको सास त दैवले चुड्यो, बाँकी बचेका चार जनाको टहरेको बास र थापेको गासमा चल्दै छ सास ।” 

म्याग्दी समाज न्यूयोर्क अमेरिकाले बाढी पहिरो पीडितलाई पठाएको सहयोग रकम बुझ्न आइतबार मराङको बेसीमा आउनुभएकी चनमतिले रु ५० हजार सहयोग रकम बुझेपछि रासससंग भन्नुभयो, “त्यो रात सम्झदा मुटु भक्कानिन्छ, रिङ्गटा लाग्छ, मर्छु जस्तै हुन्छ तर श्रीमान्को मुख हेर्न जसोतसो बाचुँजस्तो लाग्छ हजुर ।” चनमतिका श्रीमान् वैदेशिक रोजगारीका लागि साउदी अरबमा हुनुहुन्छ । घरमा रहेका २६ वर्षीया बुहारी सपना लामगाडे, सात वर्षीय नाति आशिस र चार वर्षीय आयुष तथा तीन वर्षीया नातिनी आयुषालाई पहिरोमा गुमाउनु भएकी चनमति अझै सम्हालिन सकिरहेकी छैन ।

गत असार २५ गतेको मध्यरात । आकाशबाट मुसलधारे पानी पर्न थाल्यो । गोठमा बाँधेका गाईवस्तु कराउन थाले । मस्त निर्दाबाट बिउँझेकी चनमति गोठमा पुग्दा माथिबाट आएको पहिरोले गोठ भत्किएको थियो । दाम्लो फुकाएर गाईवस्तुलाई गोठबाट उत्तरतर्फको सुरक्षित स्थानमा लैजादै गर्दा पहिरो घरमाथि नै आइपुग्यो । मध्यरातको अध्यारोमा हेर्दाहेर्दै पहिरोले घर पुर्यो । घरभित्र रहेका चार जना सदस्य पुरिए । यो सवै यति छिटो भयो की चनमतिले केही सोच्नै भ्याउनुभएन । 

धवलागिरि गाउँपालिका—६ मराङमा सो राति आएको पहिरोले चनमति परिवारका चार सदस्यसंगै सोही गाउँका १९ जनाले ज्यान गुमाएका थिए । पहिरोमा परि १२ जना घाइते र दुई जना अझै वेपत्ता छन् । एकै घरका चार जना सदस्य पहिरोमा परेर ज्यान गुमाएकी चनमति मात्रै होइन, गाउँकै अर्की राजमति सिर्पाली पनि हुनुहुन्छ । उनको परिवारका चार जना सदस्यले पनि पहिरोमा परि ज्यान गुमाएका छन् । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा मराङमा पहिरोले ७२ घरमा पूर्ण क्षति भएको छ भने गाउँमा बस्ने अवस्था छैन् । विस्थापितले सुरक्षित स्थानमा पुनर्वासको माग गरेका छन् । पहिरो गएको ५२ दिन वितिसक्दा पनि मराङका पहिरो पीडितका लागि पुर्नवासको उचित प्रवन्ध हुन सकेका छैनन् । चनमति लगायतका कतिपय पहिरो पीडित पालमा रात कटाउन बाध्य छन् । खानका लागि विभिन्न सङ्घसंस्था र व्यक्तिले सहयोग गरेपनि बस्ने वासस्थानको अभावमा उनीहरुले असुरक्षित महशुस गरिरहेका छन् । 

“पहिरो पीडितका लागि एकीकृत पुर्नवासको व्यवस्था गर्ने की अलग अलग ठाउँमा राख्ने भन्ने कुरामा नै अन्योल देखिएको छ”, सो वडाका अध्यक्ष राजाराम सुवेदीले भन्नुभयो, “कतिपय पहिरो पीडितको घडेरी समेत नभएकाले एकीकृत पुनर्वासको अवधारण ल्याइएपनि त्यसको कार्यान्यनमा समस्या देखिएको छ ।” उहाँका अनुसार कतिपयले आफ्नै घडेरीमा वस्न चाहेकाले समस्या आएको छ । घडेरी नभएकाका लागि उचित स्थानको खोजी भैरहेको छ । 

त्यसैगरी सोही पहिरोमा २४ वर्षीय छोरा मन बहादुर, २३ वर्षीया बुहारी कमला, सात वर्षीया नातिनी सुरक्षा र दुई वर्षीय नाति सुरज गरी चार सन्तान गुमाएकी ४६ वर्षीया राजमति सिर्पाली अहिले पहिरोमा घाइते भएकी माइली बुहारीको उपचारका लागि पोखरामा हुनुहुन्छ । राजमतिको गाउँमा फर्किने अवस्था नै नरहेको स्थानीयवासीको भनाइ छ । पहिरोले घर र खेतबारी सबै पुरिएपछि अहिले उहाँ पोखरामा नै बस्नुभएको वडाध्यक्ष सुवेदीले बताउनुभयो । पहिरोमा परी मृत्यु भएका अन्य ११ जना परिवारको अवस्था पनि दयनीय छ । कसैले बुबा गुमाएका छन् भने कसैले छोरा÷बुहारी र नाति÷नातिनी । कैयौं परिवार विस्थापित भएका छन् । पूर्ण क्षति भएका ७२ घर परिवार अस्थायी टहरो, आफन्त वा सार्वजनिक स्थानमा बस्न बाध्य भएका छन् । 

जोखिमपूर्ण यात्रा : पाइला पाइलामा खतरा 

पहिरोका कारण विमको तल्लो बेसीदेखि मराङको बेसी गाउँ पुग्ने सडक नष्ट भएको छ । ठाउँठाउँमा आएको पहिरोले ज्यान नै हत्केलामा राखेर यात्रा गर्नुपर्ने अवस्था रहेको पहिरो पीडितको भनाइ छ । “ज्यान नै हत्केलामा राखेर पाइला पाइलामा जोखिम मोल्दै यात्रा गर्नुपर्ने अवस्था रहेछ” मराङका पहिरो पीडितलाई रु नौ लाख ३० हजार सहयोग रकम प्रदान गर्दै म्याग्दी समाज न्यूयोर्कका प्रतिनिधि पूर्णवहादुर पुनले भन्नुभयो, “हामी एक दिन आउनेलाई त यस्तो सास्ती छ, सधैंभरी ओहोरदोहोर गरिरहनु पर्ने तपाइँहरुलाई कति समस्या होला ।” 

वडाध्यक्ष सुवेदीले बाटो मर्मतका लागि सानो रकमले नपुग्ने भन्दै यसका लागि प्रदेश सरकारसँग अनुरोध गरिएको बताउनुभयो । “हाम्रो बजेटले सम्भव नै छैन, प्रदेश र सङ्घीय सरकारले ध्यान दिन आवश्यक छ” उहाँले भन्नुभयो । रासस 

Share This Article
Facebook Email Copy Link Print
Previous Article बजार अनुगमन: ६८ फर्मको जरिवाना रु ४० लाख
Next Article पिसिआर नेगेटिभ नआई अस्पतालबाट बिरामीलाई नपठाइयोस् : संसदीय समिति
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाजसर्लाही - SLH

लागुऔषध गाँजा बोकेर भारत जाँदै गरेका एक पुरुष पक्राउ

57 years ago
काठमाडौँ - KTMभोजपुर - BJPसमाज

भोजपुरमा छिमेकीको चिर्पट प्रहारबाट एक युवकको मृत्यु

57 years ago
काठमाडौँ - KTMसमाज

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अझै घटेन कोरोना परीक्षण गराउनेको भीड

57 years ago
अर्थ/विकासबाग्लुङ्ग - BGL

सङ्कटमा अवसर देखेपछि…

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?