२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनाङ्ग - MNG

मनाङको एक मात्र अस्पताल १५ दिनपछि सञ्चालनमा

२२ भाद्र २०७७, सोमबार ०५:१७

भदौ २२, मनाङ । मनाङको एक मात्र अस्पताल १५ दिनपछि सञ्चालनमा आएको छ । जिल्ला अस्पतालका प्रमुखलाई नै कोभिड–१९ को सङ्क्रमण भएपछि दुई सातापछि पुनः सञ्चालन भएको हो । अस्पताल निर्मलीकरण पछि मात्रै सञ्चालनमा आएको हो ।

यही भदौ ९ गते स्वास्थ्य प्रमुख नै कोरोना सङ्क्रमित भएपछि मेडिकल अधिकृतले एक सूचना प्रकाशित गरी अस्पताल बन्द गरिएको थियो । सूचनामा स्वास्थ्य प्रमुखको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने र अस्पताल निर्मलीकरण गर्नुपर्ने भन्दै अर्को सूचना प्रकाशित नहँुदासम्म अस्पताल सिल गरिएको थियो । भदौ १९ गते अस्पतालका प्रमुखको कोभिड–१९ को सङ्क्रमणमुक्त भएको रिपोर्ट आएपछि मात्रै अस्पताल सञ्चालनमा आएको छ । 

स्वास्थ्य प्रमुखलगायत ७३ जनाको नमूना स्वाब सङ्कलन गरिएकामा ७२ जनाको रिपोर्ट नेगेटिभ आएपछि अस्पताल निर्मलीकरण गरी सेवा पुनः सञ्चालन गरिएको स्वास्थ्य प्रमुख बद्री आचार्यले बताउनुभयो । उहाँका अनुसार १९ गते शुक्रबार सबै रिपोर्ट आएपछि अस्पतालबाट सेवा दिन थालिएको छ । जिल्लाको एक मात्र अस्पतालमा सर्वसाधारणलाई सेवा प्रवाहमा धेरै असर परेको उहाँले बताउनुभयो ।

अस्तपतालमा ११ जनाको दरबन्दी रहे पनि चार जना मात्र दरबन्दीका कर्मचारी रहेको जिल्ला असपतालले जनाएको छ । एक जना चिकित्सकलगायत सात जना करारमा कार्यरत चिकित्सक छन् । चार जना ल्याव टेक्निसियन र नर्स करारमा कार्यरत छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल