६ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

दैलेखमा भेन्टिलेटरसहितको सेवा सञ्चालनमा

२४ भाद्र २०७७, बुधबार १०:३०

भदौ २४, दैलेख । जिल्ला स्वास्थ्य कार्यालय दैलेखले आपत्कालीनावस्थामा रहेका बिरामीको उपचारका लागि भेन्टिलेटरसहितको सेवा सञ्चालनमा ल्याएको छ । गम्भीर खालका बिरामीको जिल्लामै उपचार गर्ने उद्देश्यले पाँच महिना अगाडि खरीद गरिएको भेन्टिलेटर जनशक्ति अभावले रोकिएको भए पनि अब सञ्चालनमा ल्याइएको स्वास्थ्य  कार्यालयका प्रमुख डा निरञ्जन पन्थले जानकारी दिनुभयो । 

अब जिल्लामै गम्भीर प्रकृतिका बिरामीको उपचारमा सहजता भएको छ । बर्खा याममा सर्पले टोकेका बिरामीलाई समेत जिल्लामै उपचार गर्न सफल भएको बताइएको छ   । जनसङ्ख्याका हिसाबले कर्णालीको दोस्रो ठूलो जिल्ला दैलेखका छिमेकी जिल्ला जाजरकोट, कालीकोट आसपासका जनतासमेत यहाँ सेवा लिन आउने गरेका छन् । यस वर्षदेखि तीनवर्षे दीर्घकालीन योजनानुसार कर्णाली प्रदेश सरकारले रु ४१ करोड लागतमा अत्याधुनिक अस्पताल निर्माणको काम शुरु गर्ने तयारी गरेको स्वास्थ्य कार्यालयका प्रमुख डा  पन्थले जानकारी दिनुभयो । सोको विस्तृत परियोजना प्रतिवेदन निर्माण गरिसकिएको छ । सरकारले क्रमागत बजेट विनियोजनसमेत गरिसकेको छ । गत वर्ष बोलपत्र लागि रकम आए पनि कोरोना कहरका कारण काम  हुन नसकेको र यस वर्षदेखि काम शुरु गरिने पन्थको भनाइ छ । 

पाँच शय्यामध्ये तीन वटा सघन उपचार कक्षका लागि प्रयोग गरिएको तथा दुईमा भेन्टिलेटर सेवा सञ्चालन गरिएको छ । आवश्यक जनशक्ति र अक्सिजन प्लान्ट जडान हुन सके सधैँभरि सेवा सञ्चालन गर्न सकिने अस्पतालले जनाएको छ ।  

अहिले अस्पतालमा फिजियोथेरापी सेवासमेत सञ्चालनमा छ । विभिन्न रोगको शल्यक्रियासमेत हुने गरेको छ । सामाजिक सेवा एकाइ सञ्चालन गरेर हिंसामा परेका महिलाको सुरक्षा, उपचार सेवा, कानूनी सेवालगायत सबै सेवा एकै स्थानबाट प्रदान गर्ने कार्य पनि शुरु गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलि एकै समयमा काठमाडौंका तीन ठाउँमा प्रदर्शन पर्यटनमन्त्रीको निर्देशनपछि नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ सामाजिक सञ्जालमा व्यापक चर्चापछि एमाले नेता भट्टराईले भने: हामी आईसीएपीपीको महाधिवेशनका लागि कम्बोडिया आएका हौँ सर्वोच्च अदालतको निर्णय: पूर्वमुख्यमन्त्री केदार कार्कीले संसदीय मान्यता उल्लङ्घन गरे विराटनगर किंग्सले छान्यो ट्यालेन्ट हन्टबाट तीन उदयमान खेलाडी कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल प्रहरी नियन्त्रणमा विदेशमा पनि उत्कृष्ट कमाई गर्दै फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ महोत्तरीमा मन्दिरको शिवलिङ्ग भत्काएपछि स्थानीय आन्दोलित कोरिया जानबाट रोकिए ईपीएस अन्तर्गत छनोट भएका १४ सय श्रमिक आफूलाई बोक्सी लगाएर बिरामी बनाएको भन्दै हँसिया प्रहार गरी ५६ वर्षीय कर्णबहादुरको हत्या हवाइ इन्धन डिपोको ‘मिसन ०८४’: गुहेश्वरीमा अत्याधुनिक डिपो बनाउने खोला तथा सडक मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन, बालेनलाई निषेध गर्ने तयारी मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै : गृहमन्त्री लेखक धनुषामा स्कुल बसको ठक्करबाट ३ वर्षीया बालिकाको मृत्यु भारतीय अर्बपति गौतम अडानीमाथि अमेरिकामा ठगीको आरोप