Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

टिप्पणी–कोरोना महामारीलाई राजनीतिक दलले गिज्याउँदा समुदायमा कोरोना फैलियो

२०७७, २६ भाद्र शुक्रबार १२:४४

महेन्द्र केसी/पर्वत । कोरोना महामारीमा पनि राजनीतिक भेला र कार्यक्रम गरेर दलहरुले महामारीलाई नै गिज्याउने काम गरिरहेका छन् । देशभर कोरोनाको महामारी फैलिएको छ । पर्वतमा पनि अहिलेसम्म ११५ जनामा कोरोना पुष्टि भइसकेको छ । प्रहरीमा समेत कोरोना देखिएपछि समुदायस्तरमै कोरोना फैलिने खतरा बढेको भन्दै चिन्ता व्यक्त भइरहेको बेलामा कुश्मा बजारमा समुदायस्तरमै दुई जनामा कोरोना देखिएको छ । यसले कुश्मा बजारमा भयाभह हुने खतरालाई औलाइरहेको छ ।

प्रहरी नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहने भएका कारण जिल्लामा खतराको घंटी अझ बढी बजिरहेको छ । तर पनि पर्वतमा दलबीच यही बेलामा पार्टी प्रवेश गराउने र संगठन विस्तारको होडबाजी नै चलेको छ।

कांग्रेसले आगामी महाधिवेशनलाई लक्षित गरेर जिल्लाभर भेला, जमघट र कार्यक्रम जारी राखेको छ । केन्द्रिय नेताहरुकै सक्रियतामा कार्यक्रम नै आयोजना गरेर कांग्रेसले अन्य पार्टीका कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गराउन थालेको छ । जिल्लामा कांग्रेसका गतिविधि बढेपछि सत्तारुढ नेकपाले पनि सँगसँगै राजनीतिक गतिविधि बढाएको छ ।

मुख्य दुई दलबीच कार्यकर्ता प्रवेश गराउने होडबाजीका कारण गाउँतहसम्म कोरोना संक्रमण फैलिने थप जोखिम बढेको हो ।
नेकपा र काँग्रेसका नेता कार्यकार्ता यतिबेला गाउँ गाउँमा पुग्न थालेका छन् भने एकले अर्को दलका नेता कार्यकर्तालाई आफ्नो दलमा भित्राउने होडबाजी चलिरहेको छ । पछिल्लो समयमा जिल्लामा चुनावी महोल जस्तै पार्टी प्रवेशका हरेक दिनका समाचारले कोरोना फैलाउनको लागि यी नै कारक हुने पो हुन कि भन्ने खतरा बढाएका छ ।

सरकारले कोरोना रोकथाम र न्यूनिकरणको लागि सामाजिक दुरी कायम, माक्सको प्रयोग र साबुन पानीले हात धुनुपर्ने बताउँदै आएको छ तर महामारीलाई वेवास्था गर्दै जिल्लाका राजनीतिक दलहरुले महामारीलाई गिज्याउदै माक्सविना नै कार्यकर्ता जमघट गर्ने, पार्टी प्रवेशका कार्यक्रम गर्ने गरेका छन् ।


न मास्क, न सामाजिक दुरी । दलहरुले पार्टी प्रवेश गराउने र संगठन विस्तार गर्ने नाममा जोखिम बढाउने गतिविधि गरिरहेका हुन् । न्यूनतम स्वास्थ्य मापदण्ड नै नअपनाएर नेताहरु कार्यकर्ता भेलामा व्यस्त छन् । यसले गाउँ तहसम्म नै संक्रमण फैलिने त्रास बढेको हो । मास्क विना नै भीड जम्मा गर्ने, सामाजिक दुरी र सुरक्षा सावधानी नअपनाउँदा जोखिम बढेको हो ।

जिल्ला प्रशासनले समुदायमा कोरोना फैलिएको भन्दै एक हप्ता आन्तरीक यातयात समेत रोक लगाएर नाटक नै रच्यो तर सिडिओ आफै विभिन्न कार्यक्रमको उद्घाटन गर्न पुगे । सरकारले कुनै भेला कार्यक्रम नगर्न र स्वास्थ्य निर्देशिका पालना गर्न आग्रह गरिएको बेलामा सिडिओ नै कार्यालयको उद्घाटनमा सरिक भएका समाचारले जिल्लामा कोरोना महामारीलाई गिज्याइरहेको प्रष्ट देखाएको छ ।

भर्खर भर्खर सरुवा भइ जिल्ला आएका सिडिओलाई कोरोना महामारी फैलिने डरत्रास भन्दा पनि औपचारिक कार्यक्रममा सरिक भएर आफ्नो प्रचार गर्न आवश्यक ठानेर पनि हुनसक्छ । सरकारले जारी गरेको निर्देशिका विपरित औपचारिक कार्यक्रममा सहभागी हुने पुगेको ।


समुदायमै कोरोना देखिएझै कुश्मा नगरपालिकाले विज्ञप्ती नै जारी गरेर भ्रम नै फैलायो । सचेत हुन आग्रह गर्दै प्रचारप्रसार पनि गर्यो तर नगरपालिकाकी उपप्रमुख सिता काफ्ले लामिछाने कुनै डरत्रास विना नै नेकपाका नेता आफ्नो पार्टी काँग्रेसमा प्रवेश गराउनको लागि पार्टी कार्यलयमै पुगिन । जहाँ २ जना नेकपाका कार्यकर्ता प्रवेश गराउनको लागि डेढ दर्जन काँग्रेसका नेता कार्यकर्ता सरिक थिए । उनीहरुलाई कोरोनाको त्रास भन्दा पनि नेकपाका नेता भित्राएको खुसी बढी थियो ।


यी र यस्तै गतिविधिले पर्वतमा महामारीले ठूलो रुप नलेला भन्न सकिदैन । समुदायमा सचेतना फैलाउनुपर्ने राजनीतिक दलहरु नै यसरी महामारीलाई गिज्याएर एकले अर्कोको नेता कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गराउन लागि पर्नु कक्तिको मानवीय हर्कत हो ।

यस्तो महामारीको बेलामा पनि फोहोरी राजनीतिक गरेर नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्ने यी नपुंसक नेता र राजनीतिक दलका कारण आज पर्वतमा समुदायस्तरमै कोरोना फैलिएको छ । यसको जिम्मा यी गद्दार नेता र राजनीतिक दलले लिनुपर्छ कि पर्दैन ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश