Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

४५० वटा कालिजका चल्ला भएका फार्ममा पसेको चितुवा नियन्त्रणमा

२०७७, २७ भाद्र शनिबार ०७:२६

भदौ २७, म्याग्दी | म्याग्दीको बेनी नगरपालिका–४ सिंगास्थित हरियाली ग्रुपको कालिज फार्मभित्र पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता केन्द्र चितवनबाट आएको डार्टिङ टोलीले शुक्रबार राति चितुवालाई जिवितै नियन्त्रणमा लिएको हो । 

डार्टगनको सहायताले लठ्याउने सुई लगाएर चितुवालाई नियन्त्रणमा लिएर खोरबाट बाहिर निकालिएको डिभिजन वन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालले जानकारी दिनुभयो । जैविक विविधता संरक्षण केन्द्रका पशु चिकित्सक अमिर सडौला, भेटनरी प्राविधिक किरणराज रिजाल, वन्यजन्तु प्राविधिक दिप्रसाद चौधरी र जुनियर वन्यजन्तु प्राबिधिक सुरेन्द्र चौधरीको टोली चितवनबाट आएको थियो । 

माथिको तश्विरमा: म्याग्दीको बेनी नगरपालिका–४ सिँगामा रहेको हरियाली ग्रुपको कालिज फार्मभित्र शुक्रबार बिहान पसेको चितुवा । तस्बिर: सन्तोष गौतम/रासस

दुईदेखि तीन वर्षको उक्त पोथी चितुवा १८४ सेन्टिमिटर लम्बाइ, ५२ सेन्टिमिटर उचाइ र ३५ केजी तौल भएको उद्धार टोलीले जनाएको छ । चितुवा पसेको फार्मभित्र ६५ दिनका ४५० वटा कालिजका चल्ला थिए । चितुवाले पुर्याएको क्षतिको विवरण आज सङ्कलन गरिने हरियाली ग्रुप प्रालिका महाप्रबन्धक शेरबहादुर केसीले बताउनुभयो । 

हरियाली ग्रुपले धौलागिरि क्षेत्रमै पहिलो पटक वनकुखुरा भनिने कालिज पालन शुरु गरेका छन् । समूहले पालेको “राउननेक” जातको कालिज पाल्नलाई सरकारले अनुमति दिएको छ । छ महिनाका कालिज दुई किलोका भएका छन् । पछिल्लो पटक संशोधित वन ऐनले कालिज पाल्न पाउने व्यवस्था गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश