बागलुङका बाढी पहिरो पीडितहरुलाई धौलाश्री समाज काठमाडौंद्वारा राहत वितरण

Posted on: 12 Sep, 2020

भदौं २७, बागलुङ । धौलाश्री समाज काठमाडौंले बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८ र ९ का बाढी पहिरो पीडितहरुलाई राहत वितरण गरेको छ । अल समिट म्यानपावर प्रा. लि.का झक प्रसाद शर्माको पहलमा बाढी पीडितहरुलाई अत्यावश्यक सामाग्रीहरु सहित राहत वितरण गरिएको  हो । 


संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत व्यवसायीहरुले आफ्नो तर्फबाट पीडितहरुलाई आवश्यक सामाग्रीहरु वितरण गरिएको आरबी ओभरसिज प्रालिका संचालक ऋषिराम कंडेलले जानकारी दिए ।

आरबी ओभरसिजका संचालक ऋषिराम  कंडेल, हरि बहादुर क्षेत्री, कान्तिपुर म्यानपावर सर्भिस प्र. लि.क संचालक धनलाल जैशी, व्यवसायी  तिलक बहादुर शिर्पाली, एडभान्स म्यानेजमेन्ट ग्रुप प्र लिका संचालक दलवीर भण्डारी लगायत म्यानपावर संचालकहरु बाट सहयोग जुटाई राहत वितरण गरिएको हो । 

भदौं १७ गते राति भारी वर्षाका कारण  साबिक बोबाङ्ग गा.बि.स हालको ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८ र ९ का ८० घरहरु  बाढीपहिरोले बगाएको थियो । सो बाढीमा परेका २१ जनाको शव भेटिएको थियो भने अझै पनि ३७  जना वेपत्ता भएका छन् । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!