२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङका बाढी पहिरो पीडितहरुलाई धौलाश्री समाज काठमाडौंद्वारा राहत वितरण

२०७७, २७ भाद्र शनिबार १५:२२

भदौं २७, बागलुङ । धौलाश्री समाज काठमाडौंले बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८ र ९ का बाढी पहिरो पीडितहरुलाई राहत वितरण गरेको छ । अल समिट म्यानपावर प्रा. लि.का झक प्रसाद शर्माको पहलमा बाढी पीडितहरुलाई अत्यावश्यक सामाग्रीहरु सहित राहत वितरण गरिएको  हो । 


संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत व्यवसायीहरुले आफ्नो तर्फबाट पीडितहरुलाई आवश्यक सामाग्रीहरु वितरण गरिएको आरबी ओभरसिज प्रालिका संचालक ऋषिराम कंडेलले जानकारी दिए ।

आरबी ओभरसिजका संचालक ऋषिराम  कंडेल, हरि बहादुर क्षेत्री, कान्तिपुर म्यानपावर सर्भिस प्र. लि.क संचालक धनलाल जैशी, व्यवसायी  तिलक बहादुर शिर्पाली, एडभान्स म्यानेजमेन्ट ग्रुप प्र लिका संचालक दलवीर भण्डारी लगायत म्यानपावर संचालकहरु बाट सहयोग जुटाई राहत वितरण गरिएको हो । 

भदौं १७ गते राति भारी वर्षाका कारण  साबिक बोबाङ्ग गा.बि.स हालको ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८ र ९ का ८० घरहरु  बाढीपहिरोले बगाएको थियो । सो बाढीमा परेका २१ जनाको शव भेटिएको थियो भने अझै पनि ३७  जना वेपत्ता भएका छन् । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने