<p>श्याम थापा | भदौ ३१, सुस्ता | पश्चिम नवलपरासीको नारायणी नदिमा डुङ्गा डुबेर एक पुरुष बेपत्ता भएको छ । <br></p><p>सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवाको अनुमोघाट बाट नदि पारी सुस्ताका लागी इट्टा बोकेर जादै गरेको डुङ्गा नारायणी नदिमा डुबेपछी डुङ्गामा काम गर्ने एक ब्यक्ति नदिमा डुबेर बेपत्ता भएको हो । डुङ्गामा ७ जना काम गर्ने ब्यक्तिहरु रहेको थियो भने ६ जना आफै पौडी खेलेर निस्केका छ्न ।</p><p>नारायणी नदिमा डुबेर बेपत्ता भएको ब्यक्तिको खोजी कार्य भइरहेको र बेपत्ता भएको ब्यक्ति भारतिय नागरिक अन्दाजी बर्ष ३२ को पुरुष रहेको र उनको थप पहिचान नखुलेको प्रहरी चौकी रामनगरले जनाएको छ । </p>
September 16, 2020
नवलपुर - NWL, समाज
नारायणी नदिमा डुङ्गा डुबेर एक ब्यक्ति बेपत्ता
By साझासवाल
2 मिनेट पढाइ










