२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

‘कोरोनाले चारैतिरबाट आक्रमण गर्दोरहेछ, अचम्मको लडाइँ लडेँ’

२०७७, ४ आश्विन आईतवार १६:०५

असोज ४, बागलुङ | गत साउन ३१ गते धवलागिरि अस्पतालको आइसोलेसनमा भर्ना हुनुभएका जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानालाई तेस्रो दिनको साँझपख ज्वरो आयो । रुघाखोकी, घाँटी दुख्ने, स्वाद थाहा नपाउने, खानामा अरुची, शरीर दुख्ने, काँप्नेजस्ता लक्षण पनि ज्वरोसँगै थपिए । भदौ १ देखि ३ गतेसम्म उहाँले कोरोनाका कडा लक्षणको सामना गर्नुपर्यो ।

“म कहाँ छु भन्नेसमेत मलाई पत्तो थिएन, घरमा छु की, अस्पतालमा छु की, या अर्कै संसारतिर छु भन्नेजस्तो सोच आउँथ्यो”, प्रमुख ढुङ्गानाले भन्नुभयो । शरीरको प्रतिरक्षा प्रणालीले जित्दै गएपछि भोलिपल्टै फेरि लक्षण एकसाथ हराएको उहाँले सुनाउनुभयो । विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य मन्त्रालयले भने बमोजिमकै अवधिमा आफूलाई लक्षणसहित तीव्र सङ्क्रमण देखिएको प्रमुख ढुङ्गानाले बताउनुभयो ।

“सङ्क्रमणको ७ देखि १० दिनसम्मको समय निर्मम हुँदोरहेछ, चारैतिरबाट आक्रमण गर्दोरहेछ, मत त अचम्मको लडाइँ लडेँ”, उहाँले भन्नुभयो । सैतीस दिनको आइसोलेसन बसाइपछि निको भएर आइतबार घर फर्कनुभएका प्रमुख ढुङ्गानाले जीवनसँगको लडाइँ जितेको उल्लेख गर्नुभयो । उहाँले सचेत र सतर्क हुँदाहुँदै पनि कोरोनाले झुक्काएको बताउनुभयो । जिल्लाबाहिर आफन्तकहाँ पुगेर फर्केपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा प्रमुख ढुङ्गानामा कोरोना पुष्टि भएको थियो । उहाँले खाना खाने बेला आफूलाई सङ्क्रमण सरेको बताउनुभयो ।

“बागलुङमा शुरुकै चरणमा कोरोना देखिएपछि ठूलो सन्त्रास थियो, गाडी चढ्दा पनि सिसा बन्द गरेर हिँड्नुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो, “म जति सजग त कोही छैन भन्ने लाग्थ्यो, तर मनै कोरोनासँग झुक्किएँ ।” उहाँले जिल्लाका दशै स्थानीय तहका आइसोलेसन, क्वारेन्टिनको अनुगमन र व्यवस्थापकीय काममा आफूहरु खटेको स्मरण गर्नुभयो । सङ्क्रमपछि होम आइसोलेसनमै बस्न सक्ने विकल्प भएपनि आफू अस्पतालमै गएको बताउनुभयो । 

“होम आइसोलेसनमै बस्ने की भन्ने पनि थियो, साथीको पनि त्यस्तै सुझाव थियो”, प्रमुख ढुङ्गानाले भन्नुभयो, “तर, सर्वसाधारण नागरिक अस्पताल जाने म बाहिर बस्ने कुराले राम्रो सन्देश जाँदैन भन्ने लाग्यो, नागरिक बसेको ठाउँको मैले पनि अनुभूति गर्नुपर्छ भनेर पछि अस्पताल नै गएँ ।” प्रमुख ढुङ्गानाले आइसोलेसन बसाइका पछिल्ला दिनहरु बढी पीडादायी भएको बताउनुभयो । “निको त म २० दिन अघि नै भइसकेको थिएँ, तर नेगेटिभ रिपोर्ट नआउञ्जेलसम्म डिस्चार्ज गर्न नमिल्ने प्र्रदेश सरकारको प्रावधानलाई मानेर ३७ दिनसम्म आइसोलेसन बसेँ”, उहाँले भन्नुभयो ।

स्वास्थ्य मन्त्रालयले लक्षणविहीनलाई १४ दिनपछि आइसोलेसनबाट डिस्चार्ज गर्न मिल्ने मापदण्ड ल्याएपनि गण्डकी प्रदेशमा भने नेगेटिभ रिपोर्ट आएपछि मात्र सङ्क्रमितलाई घर पठाउने गरिन्छ । सातौँ पटकको जाँचका क्रममा बल्ल प्रमुख ढुङ्गानाको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । मास्कको प्रयोग, साबुन पानीले नियमित हात धुने र दूरी कायम गर्दा कोरोना सङ्क्रमणबाट बच्न सकिने भन्दै आउँदा दिनमा नागरिकलाई स्वास्थ्य सुरक्षासम्बन्धी सचेतता जगाउन आफू लागिपर्ने उहाँको भनाइ छ ।

आइसोलेसनमा रहँदा प्रमुख ढुङ्गानालाई मधुमेह र ज्वरो नियन्त्रणका लागि केही औषधि चलाइएको धवलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले बताउनुभयो । “उहाँमा सुगरको समस्या देखिएकाले जटिल सङ्क्रमण हुनबाट रोक्न केही औषधि चलाउनुपर्यो”, उहाँले भन्नुभयो, “अहिले उहाँ पूर्ण रुपमा स्वस्थ हुनुहुन्छ ।” प्रमुख चिकित्सक पोखरेलले उच्च मनोबल, धेर्यता र इच्चाशक्ति भएको व्यक्तिका रुपमा प्रमुख ढुङ्गानालाई चित्रित गर्नुभयो । “चिकित्सकले भनेका सबै सल्लाहलाई उहाँले पालना गर्नुभयो, अस्पतालप्रति पनि उहाँको दृढ विश्वास झल्किन्थ्यो”, प्रमुख चिकित्सक पोखरेलले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा