Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

सिसी क्यामेराको निगरानीमा मालपोत कार्यालय

२०७७, ५ आश्विन सोमबार १०:३९

असोज ५, तनहुँ । मालपोत कार्यालय तनहुँको गतिविधिलाई सिसी क्यामेराले निगरानी गरिराखेको छ ।  

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भूमि व्यवस्था तथा अभिलेख विभागको सहयोगमा साउण्ड रेर्कडसहितको सिसी क्यामेरा जडान गरिएपछि सो कार्यालयको गतिविधिको निगरानी भइरहेको हो । 

मन्त्रालय र विभागले सबै मालपोत कार्यालयमा सिसी क्यामेरा जडान गर्ने अभियान थालेको छ । सिसी क्यामेरामा रेर्कड भएका कुरा छ महिनासम्म सुरक्षित रहने मालपोत कार्यालय तनहुँले जनाएको छ । सिसी क्यामेरा जडानले लेखापढी कानून व्यवसायी र कर्मचारीबीच हुने भनिएको आर्थिक चलखेल र अनियमितता पूर्णरुपमा अन्त्य हुने विश्वास गरिएको मालपोत कार्यालय तनहुँका प्रमुख शेरबहादुर भण्डारीले बताउनुभयो । 

उहाँका अनुसार कार्यालयको सुरक्षा, कर्मचारीद्वारा सेवाग्राहीलाई गरिने व्यवहार, कार्यमा पारदर्शीता, अभिलेखको सुरक्षालगायतका क्षेत्रमा सिसी क्यामेराबाट निगरानी बढाइएको छ । “कार्यालयको १५ वटै कोठामा सिसी क्यामेरा जडान गरिएको छ”, उहाँले भन्नुभयो, “सिसी क्यामेरा जडान पश्चात लेखापढी कानून व्यवसायीलाई कार्यालयको फाँटमा पस्न रोक लगाइएको छ ।” 

कार्यालयले महिला, दलित, जनजाति, शहीद, अपाङ्गता र कृषि फार्मको लागि रजिष्ट्रेशन पास गर्दा २५ प्रतिशत राजश्वमा छुटको व्यवस्था गरेको छ । प्रायः दैनिक भीडभाड हुने यो कार्यालयमा कोभिड– १९ का कारण पछिल्लो समय सुनसान जस्तै देखिएको थियो । अहिले पुनः सेवाग्राहीको सङ्ख्या बढ्दै गएको कार्यालयले जनाएको छ । कार्यालयले आव ०७५/७६ मा रु २८ करोड ५८ लाख ६९ हजार १९९ र आर्थिक वर्ष ०७६/७७ मा रु २४ करोड ४६ लाख ४८ हजार ८४ राजश्व सङ्कलन गरेको जनाएको छ ।

लकडाउनका कारण करिब तीन महिना कार्यालय बन्द नै गर्नुपरेकाले यस आवमा राजश्व सङ्कलनमा अझै कमी आउनसक्ने अनुमान गरिएको कार्यालय प्रमुख भण्डारीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो