२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङको बडिगाड २, राक्सेमा बाढि र पहिरोले ४ घर विस्थापित (५ तस्वीर)

२०७७, ६ आश्विन मंगलवार ०५:३६

कमल पौडेल | असोज ६, बागलुङ | बागलुङको बडिगाड गाउँपालिका २, राक्सेमा माथिवाट आएको बाढि र पहिरोले ४ घरमा क्षति गरेको छ। मध्यपहाडि लोकमार्गको छेउमै रहेका दुर्गा अर्याल, जित बहादुर वि.क., धन बहादुर धर्ति र धन बहादुर थापाको घर क्षति गरेको हो। 


घर क्षति भएसंगै ४ परिवार नै विस्थापित भएका छन् । सल्लेरीको जंगलमा गएको पहिरो विचमै थुनिएर पानिसहित खसेपछि सो क्षति भएको प्रहरी चौकी खर्वाङका प्रमुख प्रहरी सहायक निरिक्षक गुरु प्रसाद न्यौपानेले जानकारी दिनुभएको छ । 

पहिरो र बाढिले पोल सहित तार पनि बगाएकोले स्थानिय लघुजल विद्युत अवरुद्ध रहेको छ भने ४५ घर परिवारले उपयोग गर्ने राक्से खानेपानी योजनाको ट्यांकि सहित बगाएकोले खानेपानी पूर्ण रुपमा अवरुद्ध भएको छ। 


यसै विच सो पहिरोले १५ घण्टा देखि पूर्ण अवरुद्ध बनाएको मध्यपहाडि लोकमार्ग भर्खरै एकतर्फिरुपमा सञ्चालनमा आएको छ। विहानै देखि स्काभेटरको प्रयोग गरेर एकतर्फी सडक खुलाइएको वडा अध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिनुभएको छ। विस्थापित परिवार छिमेकिको घरमा आश्रय लिइरहेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते