पढ्न करिब 1 मिनेट लाग्छ

असोज ७, पर्वत । निरन्तरको वर्षाका कारण हप्ता दिनदेखि मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अबरुद्ध बनेको छ । कुश्मा नगरपालिका–१ सहश्रधारामा खसेको पहिरोले सडक पुरिएपछि आवागमन ठप्प भएको हो । एकै ठाउँमा निरन्तर पहिरो खसेका कारण सडक अवरुद्ध बनेको हो ।

पाङको डिलबाट निरन्तर झरिरहेको पहिरो मंगलबार रातिदेखि बढेपछि आवागमन रोकिएको पर्वत प्रहरीले जनाएको छ ।

वर्षा नरोकिएका कारण एक्स्काभेटर जान सकेको छैन । दुई सातादेखि उक्त स्थानमा निरन्तर पहिरो झरिरहेकाले सामान्य वर्षा हुनेबित्तिकै पटक–पटक सडक अवरुद्ध हुने गरेको छ ।

मंगलबार साँझदेखि कुश्मा आसपासका साथै पर्वत जिल्लाभर ठूलो वर्षा भइरहेको छ । वर्षा नरोकिँदा निरन्तर लेदो झरिरहेका कारण सडक खुलाउन समस्या भएको प्रहरीले जनाएको छ । सडक खुलाउन एक्स्काभेटर बोलाइएको र वर्षा रोकिए दिउँसोसम्म सडक सञ्चालन हुने प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताए ।

०००