४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

बाढी पीडितका लागि राहत सामग्री

७ आश्विन २०७७, बुधबार ०६:२१

असोज ७, परासी । नेपाल–भारत महिलामैत्री समाजले नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)का बाढी प्रभावित नागरिकका लागि राहत सामग्री उपलब्ध गराएको छ । भारत सरकारको सहयोगमा समाजले जिल्लाको सरावल र प्रतापपुर गाउँपालिकाका २६५ परिवारलाई आवश्यक टेण्ट र त्रिपाल हस्तान्तरण गरेको हो । जिल्ला विपद् व्यवस्थापन समितिमार्फत १६० थान त्रिपाल र १०५ थान टेण्टसम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको संस्थाले जनाएको छ । उक्त राहत सामग्री सरावल–६ का ९० घरपरिवारलाई ४५/४५ थान तथा ७ नं वडाका ६० घरपरिवारका लागि ३०/३० थान का दरले टेण्ट र त्रिपाल वितरण गरिने छ । 

यस्तै प्रतापपुर–३ का ६० घरपरिवारलाई ३०/३० थान टेण्ट र त्रिपाल वितरण गरिने समाजका प्रदेश नं ५ समन्वयकर्ता अङ्गद यादवले जानकारी दिनुभयो । बाँकी रहेको सामग्री संस्थाले आवश्यकता हेरी वितरण गर्नेछ । राहत सामग्री समाजकी राष्ट्रिय अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चन्दा चौधरीले सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी र प्रतापपुर गाउँपालिकाकी कार्यबाहक अध्यक्ष अन्जुु चौधरीलाई हस्तान्तरण गर्नुभयो ।

भारत सरकारले उपलब्ध गराएको ५०० थान टेण्ट र ८०० थान त्रिपाल समाजले नेपाल सरकारको स्वीकृतिमा बाढी तथा पहिरोबाट प्रभावित सिन्धुपाल्चोक, महोत्तरी, सर्लाही, कैलाली र नवलपरासीका नागरिकलाई हस्तान्तरण गरेको सांसद चौधरीले जानकारी दिनुभयो । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले डुबानका कारण विस्थापित हुन पुगेका नागरिकलाई आश्रम स्थलको अभावमा अस्थायी आश्रय स्थलको रुपमा संरक्षण गर्न प्राप्त राहत सामग्री महत्वपूर्ण हुने बताउनुभयो ।

स्थानीय झरही र धनेवा खोला तथा गण्डक नहरका कारण जिल्लाको सरावल, प्रतापपुर, पाल्हीनन्दन गाउँँपालिका बाढीको जोखिममा रहेको सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी बताउनुहुन्छ । नदीको निकास नहुँदा विगत ७० वर्षदेखि डुबानको समस्या झेल्नुपरेको उहाँले बताउनुभयो ।प्रतापपुर गाउँपालिकाकी कार्यबाहक अध्यक्ष अन्जु चौधरीले बाढी प्रभावितका लागि अत्यन्त आवश्यक राहत सामग्री उपलब्ध गराईएको भन्दै थप सहयोगको समेत अपेक्षा गरिएको बताउनुभयो । समाजले विगत ८ वर्षदेखि राहत वितरण तथा महिला शसक्तीकरणको क्षेत्रमा काम गर्दै आएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ