२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुदूरपश्चिमका सात स्थानमा स्वचालित मौसम मापन केन्द्र

७ आश्विन २०७७, बुधबार ०७:५७

असोज ७, कञ्चनपुर । मौसमी सूचना सङ्कलन गरी किसानलाई पूर्वजानकारी दिनका लागि सुदूरपश्चिम प्रदेशका सात स्थानमा स्वचालित मौसम मापन केन्द्र स्थापना गरिएका छन् । मौसमी सूचना सङ्कलन गरी ‘रियल टाइम’मा विवरण हेर्न सकिने गरी स्वचालित मौसम मापन केन्द्र स्थापना गरिएका हुन् ।

कृषि विकास निर्देशनालय दिपायलको रु २९ लाखको लागतमा टिकापुर पोलिटेक्निक इन्स्टिच्युट कैलाली, कृषि ज्ञान केन्द्र कञ्चनपुर, कृषि ज्ञान केन्द्र बझाङ, सुक्खा फलफूल विकास केन्द्र सतबाझ बैतडी, कृषि क्याम्पस गोकुले, तरकारी बीउ उत्पादन केन्द्र डडेल्धुरा र कृषि विकास निर्देशनालय दिपायलमा केन्द्र स्थापना गरिएका छन् ।

स्वचालित मौसम मापन केन्द्रबाट वर्षा हुने/नहुने, वायुको तापक्रम, अधिकतम तापक्रम, न्यूनतम तापक्रम, हावाहुरी, बादल लाग्ने/नलाग्ने, सापेक्षिक आद्रता, हावाको गति र हावाको दिशाबारे जानकारी लिन सकिने निर्देशनालयका सूचना अधिकारी टेकबहादुर विष्टले बताउनुभयो ।

जलवायु घटनाक्रमको आँकलन गरी केन्द्रमा जडान गरिएका उपकरणले उपलब्ध गराएको विवरण निर्देशनालयको वेवसाइटमा अपलोड भई हेर्न सकिने र सरोकारवालालाई मौसमको जानकारी दिन सकिने व्यवस्थासमेत रहेको छ । उहाँले भन्नुभयो, “किसानलाई बाली उत्पादनमा सघाउ पुर्याउने उद्देश्यले मौसमसम्बन्धी उपकरण जडान गरिएका हुन् ।”

किसानले लगाएको बालीमा हुनसक्ने हानी–नोक्सानी कम गर्न, बाली सुरक्षा गर्न र बाली लगाउनका लागि प्रतिकूल मौसमबारे जानकारी दिनका लागि केन्द्रले सघाउ पुर्याउने उहाँको भनाइ छ । वर्षभरिको विवरण केन्द्रमा जडान गरिएका उपकरणका माध्यमबाट सुरक्षित गर्न सकिने भएकाले कुन मौसममा कुन बाली लगाएर बढी उत्पादन लिन सकिन्छ भन्नेबारे जानकारी किसानलाई दिन सकिने हुन्छ ।

“केन्द्रमा जडान गरिएका उपकरणले तापक्रम र सापेक्षित आद्रताबारे जानकारी दिने भएकाले बालीमा रोग किरा लाग्ने/नलाग्नेबारे अनुमान लगाउन सहज हुन्छ”, कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले भन्नुभयो, “किसानले लगाएको बालीलाई रोग किराबाट जोगाउन समेत मद्दत मिल्ने छ ।” मौसमजन्य प्रकोपबाट हुने क्षति कम गर्न केन्द्रले सघाउ पुर्याउने उहाँको भनाइ छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य