अभिमनु पटेल/साउन १३, रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले अबैध रुपमा मदिरा बिक्रीवितरण गरेकोआरोपमा  १३ जना होटल संचालक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अभिमनु पटेल/साउन १३, रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले अबैध रुपमा मदिरा बिक्रीवितरण गरेकोआरोपमा  १३ जना होटल संचालक"/>
२९ पुष २०८२, मंगलवार
रौतहट - RTH

रौतहटमा अबैध रुपमा मदिरा बिक्रीवितरण गर्ने १३ जना पक्राउ

१३ श्रावण २०७३, बिहीबार ११:५७

अभिमनु पटेल/साउन १३, रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले अबैध रुपमा मदिरा बिक्रीवितरण गरेकोआरोपमा  १३ जना होटल संचालकहरुलाई पक्राउ गरेको छ ।

बुधवार गौर भन्सार देखि कविर चौकसम्मका होटलहरुमा घरेलु तथा साना उधोगबाट इजाजतपत्र लिएको तर आन्तरिक राजशव विभागमा कर भुक्तानी नगरेको अनुगमनका क्रममा पाइएपछी १३ जना होटल संचालकहरुलाइ नियन्त्रनमा लिएको हो ।

प्रहरीले जताभाबी बिना अनुमतिपत्र लिइ रक्सी बेच्ने होटलहरुलाई रोक लगाएको छ । होटलमा रक्सी खाने व्यक्तिहरुबाट मनोमानी ढंगले रकम अशुल्ने र रति अबेरसम्म होटल बन्द नगर्नेहरुमाथि कारवाही समेत गरिने बताएको छ ।

भारत राज्य विहारमा रक्सी बिक्रीवितरणमा विहार सरकारले रोक लगाएपछि सिमाना क्षेत्रका गाउघर र आसपासका बजारहरुमा धमाधम छाप्रो बनाइ खुला देखि बोतलका रक्सी बिक्री गर्नेको संख्या बढिरहेको छ ।

यस्तै पक्राउ पर्नेमा गुड्डु कुमार मण्डल , श्याम  कुमार कुश्वाहा, पृतम दास , गौरी शंकर साह , संजय दास ,रमेश कुमार पौडेल ,राकेश कुश्वाहा , जितेन्द्र केशरी ,विजय साह ,राजेश्वर प्रसाद चौधरी, जनक दास, राकेश कुमार मण्डल, प्रमोद साह रहेका छन् । उनीहरुलाई अनुसन्धान गरि कानुन बमोजिम कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय रौतहट सहायक प्रहरी उपरीक्षक नवीन कृष्ण भण्डारीले  बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव