Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीको बेगखोलामा पुल नबन्दा सास्ती

२०७७, ९ आश्विन शुक्रबार ०४:४५

असोज ९, म्याग्दी । भदौ २९ गते सुत्केरी ब्यथाले च्यापेपछि बेनी अस्पताल हिँडेकी म्याग्दीको अन्नपूर्ण–१ दोवाकी कुमारी शेरचनले ३० गते राति बाटोमै सुत्केरी हुनुभयो । दोवाबाट कुमारी चढेर आएको जीप रघुगङ्गा–१ बेगखोलामा बाढी आएपछि तर्न नसकेर दुई दिन बाटोमै रोकएपछि असुरक्षितरूपमा सुत्केरी हुनुपरेको हो । “कुमारीले अस्पताल पुग्न नपाई कालीओढार भन्ने ठाउँमा बास बसेकै घरमा बच्चा जन्माएपछि बाटैबाट गाउँ फर्किए छन्”, दोवाका वडाध्यक्ष दिलीप गर्बुजाले भन्नुभयो, “३० गते सर्पले टोकेर घाइते भएका दोवाकै दलबहादुर गर्बुजालाई बेनी अस्पताल जाने क्रममा डोजरको बकेटमा राखेर बेगखोला तारिएको थियो ।”

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको बेगखोलामा मोटरेबल र झोलुङ्गे पुल नहुँदा दुःख पाएका नागरिकका उदाहरणका पात्र मात्र हुन् दोवाका कुमारी र दलबहादुर । विसं २०७३ भदौ १७ गते रातिको बाढीले बेलिब्रिज र झोलुङ्गे पुलसहित बेगखोलामा ११ घर बगाएको थियो । बाढीले बगाएको ठाउँमा मोटरेबल र झोलुङ्गे पुल पुनःनिर्माण नहुँदा हरेक बर्खायाममा बेनी–जोमसोम यात्रा गर्ने नागरिकले जोखिम, सास्ती र झन्झट ब्यहोर्नुपरेको छ । भदौ २७ गते नारच्याङ जाने क्रममा बेनीका खगेन्द्र भण्डारीले बेगखोलामा मोटरसाइकल ट्र्याक्टरमाथि चढाएर तार्नका लागि रु एक हजार तिर्नुभयो । “उर्लेर आएको बाढीमा मोटरसाइकल तार्न सकिएन”, उहाँले भन्नुभयो, “रु एक हजार दिएपछि ट्र्याक्टरमाथि मोटरसाइकल चढाएर तारिदिए ।”

कार्यालयको काम विशेषले सदरमुकाम बेनी आएर फर्कने क्रममा टिकोट माविका प्रअ प्रदीप पुन बाढीका कारण एक रात बेगखोलामै बास बस्नुपरेको बताउनुहुन्छ । कालीगण्डकीमा मिसिने बेगखोलामा लेकमा बर्खा हुँदा बाढी आउँछ । पाखा र ठाडा खोल्साको बाढी पनि यसैमा मिसिन्छ । बेगखोला र कालीगण्डकीको दोभानमा खोला वारपार गर्ने घाट छ । बेगखोलाको बाढीले खोला तर्ने क्रममा केही ट्याक्सी र मोटरसाइकल बगाएर कालीगण्डकीमा मिसाएको छ । ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक बर्खायाममा बेगखोलामा दैनिकजसो अवरुद्ध गराउने अन्नपूर्ण–६ पोखरेबगरका खड्ग गिरीले बताउनुभयो । “रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका नागरिकलाई आवतजावत गर्न गाडी परिवर्तन गर्नुपर्ने झन्झट र सास्तीका साथै जोखिम भएको छ”, उहाँले भन्नुभयो, “मुस्ताङमा उत्पादित स्याउ, आलुलगायत कृषि उपज निकासी, दैनिक उपभोग्य सामान ढुवानी र बिरामीलाई अस्पताल पु¥याउन सकिएको छैन ।” 

बेगखोलामा मोटरेबल पुल नबन्दासम्म आवतजावतलाई सहज बनाउन झोलुङ्गे पुल भए पनि बनाउनुपर्ने स्थानीयवासीको माग छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख अशोक तिवारीले सडक विभागअन्तर्गतको पुल महाशाखाले बेगखोलामा मोटरेबल पुल बनाउन ठेक्का आह्वान गरिसकेको बताउनुभयो । “विभागले नै पुल बनाउन ठेक्का प्रक्रिया अघि बढाएको छ”, उहाँले भन्नुभयो, “विभागमार्फत नै महभिर र पोखरेबगरमा दुई वटा पुल निर्माणको क्रममा छन् ।” रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश