२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा भ्यागुते रोगबाट पशु चौपाया मरे

२०७७, ९ आश्विन शुक्रबार ०७:२०

असोज ९, गाईघाट । उदयपुरको बेलका नगरपालिका–८ कोशीटप्पु र सिसौलिया क्षेत्रमा दुई हप्तादेखि फैलिएको भ्यागुते रोगका कारण ६० पशु चौपाया मरेका छन् । सिसौलियामा ६० सो रोगबाट भैँसी, राँगा, पाडापाडीसहित गाई र बाच्छा मरेको बेलका–८ सिसौलियाका स्थानीय राजबहादुर भुजेलले बताउनुभयो । 

अहिले प्रदेश पशुपन्छी विकास मन्त्रालय र बेलका नगरपालिकाको पशु शाखाको सहयोगमा रोग विस्तारै नियन्त्रण हुँदै गएको अर्का स्थानीय भोजनप्रसाद दाहालले बताउनुभयो । शुरुमा पशुको घाँटी सुन्निने, मुखबाट र्याल निस्कने र श्वासप्रश्वास फेर्न गाह्रो भएर पशु मर्ने गरेको दाहालले बताउनुभयो । रोग लागेको दुईदेखि तीन दिनभित्रै पशु मर्ने गरेको बताइएको छ । 

नगरपालिका पशुशाखाका प्रमुख पुष्प बुढाथोकीका अनुसार दुई हप्ताअघि सिसौलीया क्षेत्रका कृषकको घरपालुवा पशु चौपायमा नयाँ रोग देखा परेको हो । उहाँले जनवार मर्न थालेपछि प्रदेश पशुपन्छी मन्त्रालयसँग सहयोग मागेर अनुसन्धान गर्दा भ्यागुते रोग पुष्टि भएपछि अहिले सोहीअनुसार सुई प्रयोग गर्न थालेकोले नियन्त्रण हुँदै गएको बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु