२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

२१ फरार अभियुक्त पक्राउ

२०७७, १२ आश्विन सोमबार ०६:५४

असोज १२, गलकोट । जिल्ला प्रहरी कार्यालय बागलुङले पछिल्लो समय फरार अभियुक्तलाई धमाधम पक्राउ गर्न थालेको छ । जिल्ला अदालत बागलुङबाट विभिन्न प्रकृतिको मुद्दाको फैसला भई कार्यान्वयन हुन बाँकी मुद्दाका लागि फरार अभियुक्त पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय बागलुङले शनिबार र आइतबार मात्रै २१ जना फरार अभियुक्त पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि प्रहरीले २० जना फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा पेश गरेको छ ।  

शनिबार र आइतबार पक्राउ पर्नेमा आठ दिनदेखि २० वर्षसम्म कैद तोकिएका र रु १०० देखि एक लाख २५ हजार जरिवाना तोकिएका व्यक्तिहरु रहेका छन् । बहुविवाह, लागुऔषध, गालीबेइज्जती, डाँका, सवारी ज्यान, जबरजस्ती करणी, सार्वजनिक अपराध, चोरी र जालसाजी अपराधमा दोषि प्रमाणित भई फरार रहेका उनीहरुलाई कैद भुक्तानका लागि पक्राउ गरी अदालतमा पेश गरिएको उहाँले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने