साउन १४, मेलम्ची । सिन्धुपाल्चोकको अधिकांश ग्रामीण सडक वर्षासँगैको पहिरोका कारण अवरुद्ध भएको छ । 

सदरमुकाम जोड्ने मेलम्ची–नवलपुर–चौतारा सडक अविरल वर्षासँगै झ्याडी खोला नजिक आएको पहिरोको कारण दुई सातादेखि अवरुद्ध छ । त्यस्तै मेलम्ची–"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, मेलम्ची । सिन्धुपाल्चोकको अधिकांश ग्रामीण सडक वर्षासँगैको पहिरोका कारण अवरुद्ध भएको छ । 

सदरमुकाम जोड्ने मेलम्ची–नवलपुर–चौतारा सडक अविरल वर्षासँगै झ्याडी खोला नजिक आएको पहिरोको कारण दुई सातादेखि अवरुद्ध छ । त्यस्तै मेलम्ची–"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोकमा पहिरोका कारण अधिकांश ग्रामीण सडक अवरुद्ध

१४ श्रावण २०७३, शुक्रबार ०२:२६

साउन १४, मेलम्ची । सिन्धुपाल्चोकको अधिकांश ग्रामीण सडक वर्षासँगैको पहिरोका कारण अवरुद्ध भएको छ । 

सदरमुकाम जोड्ने मेलम्ची–नवलपुर–चौतारा सडक अविरल वर्षासँगै झ्याडी खोला नजिक आएको पहिरोको कारण दुई सातादेखि अवरुद्ध छ । त्यस्तै मेलम्ची–तिपेनी सडकखण्डको विभिन्न ठाउँमा पहिरो झरेका कारण गुन्सा, भोताङ जाने यात्रुले निकै समस्या झेल्नुपरेको स्थानीयबासिन्दा बताउँछन् । 

सडक अवरुद्ध हुँदा अत्यावश्यक तथा दैनिक उपभोग्य सामान खरिदका लागि घन्टौँ हिँड्नुपर्ने बाध्यता रहेको दुवाचौर क्यौरानीका स्थानीयबासिन्दा धुव्र गिरिले जानकारी दिए । 

मेलम्चीबाट बाँसखर्क हुँदै बरुवासम्म पुग्ने सडक बर्खामा सधैँ अवरुद्ध हुने गर्दछ जसका कारण बरुवाबासीलाई एक दिन लगाएर मेलम्ची बजारसम्म खाद्यान्न किन्न जानुपर्ने बाध्यता रहेको बासँखर्कका समाजसेवी पासाङ तामाङले बताए । 

अरनिको राजमार्गअन्तर्गतको जम्बुमा भोटेकोसी नदीमा आएको बाढीले सडक कटान गरेकाले हालसम्म पनि सडक सञ्चालनमा आउन नसकेको इप्रका बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डेले बताए । नदीले सडक कटान गरेपछि भत्किएको सडकखण्डमा ढुङ्गाको ग्याविन भर्ने कार्य भइरहेको र सडक सञ्चालन गर्न अझै केही महिना लाग्ने उनको भनाइ थियो । 

त्यस्तै वर्षाको कारण जुरेमा माथिबाट खस्ने लेदोले बेलाबेलामा सडक अवरुद्ध गर्ने गरेको छ । माथिबाट झरेको लेदो सडकमा जम्मा हुने हुँदा सवारी साधन फस्ने कारणले यातायात आवतजावतमा समस्या हुने गरेको छ । 

हेलम्बु यातायातअन्तर्गतको जिरो किलोदेखि मेलम्चीसम्मको सडकको अवस्था निकै दयनीय छ । सडकमा परेको खाल्डो र हिलोको कारण यातायात सञ्चालनमा निकै कठिनाइ भएको मेलम्ची नगरपालिका ज्यामिरेका युवा रोमन कार्कीले बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव