साउन १४, नवलपरासी । गण्डक नहरस्थित नारायणी नदीमा पानीको बहाव घट्दै गएपछि तत्कालका लागि सम्भावित खतरा टरेको छ । 

नारायणी नदीअन्र्तगत गण्डक ब्यारेजमा पानीको सतह क्रमशः घट्दै गएको छ । पानीको सतह अहिले खतराको सङ्केतभन्दा तल झरेको गण्डक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, नवलपरासी । गण्डक नहरस्थित नारायणी नदीमा पानीको बहाव घट्दै गएपछि तत्कालका लागि सम्भावित खतरा टरेको छ । 

नारायणी नदीअन्र्तगत गण्डक ब्यारेजमा पानीको सतह क्रमशः घट्दै गएको छ । पानीको सतह अहिले खतराको सङ्केतभन्दा तल झरेको गण्डक "/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नारायणी नदीमा पानीको बहाव घट्यो

१४ श्रावण २०७३, शुक्रबार ०२:३३

साउन १४, नवलपरासी । गण्डक नहरस्थित नारायणी नदीमा पानीको बहाव घट्दै गएपछि तत्कालका लागि सम्भावित खतरा टरेको छ । 

नारायणी नदीअन्र्तगत गण्डक ब्यारेजमा पानीको सतह क्रमशः घट्दै गएको छ । पानीको सतह अहिले खतराको सङ्केतभन्दा तल झरेको गण्डक सङ्घर्ष समितिका अध्यक्ष रामवरण केवटले बताए । 

यसअघि नारायणी नदीमा पानीको सतह खतराको चिह्न पार गरेर १० दशमवल २० मि सम्म पुगेको थियो भने अहिले घटेर ७ दशमलव ३ मि मा आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नारायणी नदीमा पानीको सतह ८ दशमवल ४ मि नाघेपछि खतराको सङ्केत मानिन्छ । 

यसैबीच नदीमा पानीको सतह घट्दै गएपछि जनजीवन सामान्य बन्दै गएको छ । गैडाकोटमा नारायणीको छाल पस्न छाडेको गैँडाकोट प्रहरीले जनाएको छ । पानीको सतह घटेपनि गण्डक नहरको ठोकरमा भने कटान जारी रहेको छ । ठोकर नं १३ र ठोकर नं ३ का केही स्पर अथवा ब्लक बाढीले बगाएको छ । प्रजिअ महादेव पन्तले नदीमा पानीको बहाव घटेसंगै जनजीवन सामान्य बन्दै गएको बताए । 

यसैबीच माछा मार्ने क्रममा खोलामा डुबेर बिहीबार रमपुरवा–३ की ५० वर्षीया बिना मल्लाहको मृत्यु भएको छ । स्थानीय छोट्कीसुनरीस्थित झरही खोलामा माछा मार्न गएकी बिनाको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव