साउन १४, मोरङ । विराटनगरको पुष्पलाल–भट्टा चौकसम्मको सडकखण्डमा निमार्ण भएको सडक तीन महिना नपुग्दै भत्किन थालेको छ । 

एसियाली विकास बैंक (एडिबी) को सहयोगमा निर्माण भएको उक्त सडक निर्माण सम्पन्न भएको तीन महिना बित्न नपाउँदै भत्किएको हो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, मोरङ । विराटनगरको पुष्पलाल–भट्टा चौकसम्मको सडकखण्डमा निमार्ण भएको सडक तीन महिना नपुग्दै भत्किन थालेको छ । 

एसियाली विकास बैंक (एडिबी) को सहयोगमा निर्माण भएको उक्त सडक निर्माण सम्पन्न भएको तीन महिना बित्न नपाउँदै भत्किएको हो"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

एसियाली विकास बैंकको सहयोगमा निर्माण भएको सडक तीन महिना मै भत्कियो

१४ श्रावण २०७३, शुक्रबार ०३:१३

साउन १४, मोरङ । विराटनगरको पुष्पलाल–भट्टा चौकसम्मको सडकखण्डमा निमार्ण भएको सडक तीन महिना नपुग्दै भत्किन थालेको छ । 

एसियाली विकास बैंक (एडिबी) को सहयोगमा निर्माण भएको उक्त सडक निर्माण सम्पन्न भएको तीन महिना बित्न नपाउँदै भत्किएको हो । कमसल निर्माण सामग्री प्रयोग गरेकै कारण सडक भत्किएको विराटनगरको संयुक्त टोल समन्वय समितिका संयोजक राजेश मास्केले बताए । 

एडिबीको रु दुई अर्ब ४२ करोड अनुदानमा विराटनगरमा एकीकृत सहरी वातावरणीय सुधार परियोजनाअन्तर्गत कालिका कन्ट्रक्सनले उक्त सडक निर्माण गरेको थियो । सडक भत्किदै गएपछि स्थानीयबासिन्दा आक्रोशित भएका छन् । 

विराटनगर उपमहानगरपालिकाले राम्रोसँग सुपरिवेक्षण नगरेको भन्दै स्थानीयबासिन्दाले आलोचना गरेका छन् । उपमहानगरपालिका क्षेत्रको ढल र पानी निकासका लागि सुरु गरिएको उक्त परियोजनाअन्तर्गत पुष्पलाल चोकदेखि पानीट्याङ्कीसम्मको तीन किलोमिटर सडक, नगरक्षेत्रका मुख्य सडक क्षेत्रमा नाला तथा ढल निर्माण, जतुवा र रानीमा ढलको पानी प्रशोधन गर्ने केन्द्र निर्माणलगायत कामहरु भइरहेका छन् । नगरका विभिन्न भागमा राखिएका ह्युम पाइप भासिएका छन् भने कतिपय स्थानमा सडक भत्कन थालेका छन । 

एडिबीको ऋण सहयोगमा नेपाल सरकार र विराटनगर उपमहानगरपालिकाको आन्तरिक स्रोतसमेत गरी परियोजनाअन्तर्गत ६५ किमी सडक सुधार, ६२ किमीमा ढल निर्माण र ३२ किमी नाला निर्माण गरिँदैछ । 

सहरी विकास महाशाखा प्रमुख भरत न्यौपानेले केही प्राविधिक त्रुटि भएकाकारण सडक भत्किन पुगेको बताउनुभयो । तीन महिना अघिमात्र २५ एमएमको कालोपत्र गरिएको पुष्पलालचोक–भट्टाचोक झन्डै चार किमी सडकका दर्जनौँ स्थानमा प्वाल परेको, भासिएको पाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव