२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्मचारीलाई कोराना पुष्टि भएपछि सेवा प्रभावित

२०७७, १५ आश्विन बिहीबार १३:४४

असोज १५, सुनसरी | धरान उपमहानगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि हुन थाले पछि सेवा प्रवाह पनि  प्रभावित  हुन थालेको  छ । उपमहानगरपालिकाको योजना, प्रशासनलगायत विभिन्न शाखामा कार्यरत कर्मचारीहरुलाई कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ । योजना महाशाखा, प्रशासन तथा सूचना र पर्यटन शाखाको  केही दिनका लागि सेवा बन्द गरिएको छ वरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिनुभयो । 

सूचना शाखाका एक  , घर नक्सा शाखाका दुई   र अनुगमन अधिकृत सहित कर्मचारीमा कोेरोना पुष्टि भएको उहाँले बताउनुभयो ।   सङ्क्रमण कै कारण वडा नं १६ पनि तीन दिनदेखि बन्द छ । आजदेखि वडा १५ को कार्यालय ७ दिनको लागि बन्द गरिएको वडाध्यक्ष नरेश इवरामले जानकारी दिए । वडा  १२ र ३ का वडा सदस्यलाई पनि सङ्क्रमण भएपछि शुक्रबारदेखि कार्यालय बन्द गर्ने जनाएको छ । 

सुनसरीमा विहीबार ६८ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये ११ जना  महिलासहित ४४ जना धरानका रहेको प्रदेश स्थित सामाजिक विकासमन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १८२ जनामा कोरोना पुष्टि भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते