२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

गलकोट रिघाका घरघरमा खानेपानी

१६ आश्विन २०७७, शुक्रबार ०५:०४

असोज १६, गलकोट । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका गलकोट नगरपालिका वडा नम्बर ११ रिघाका स्थानीय बासिन्दा वर्षौको सकस र सास्तीबाट मुक्त भएका छन् । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखराबाट ‘एक घर, एक धारा’को आयोजना परेपछि घरघरमा धारा निर्माण गरिएको छ ।  गत आर्थिक वर्ष २०७५/७६ बाट सञ्चालित सो आयोजना दुई वर्षमा सक्ने गरी अघि बढाइएको थियो । तीव्ररुपमा काम अघि बढाएको समयमा विश्वव्यापीरुपमा कोरानो भाइरसको महामारीले गर्दा केही काम सम्पन्न गर्न बाँकी छ । 

कूल रु.३ करोडको लागतमा निर्माण सम्पन्न हुन लागेको आयोजनामा हालसम्म झण्डै रु.१ करोड रकम भुक्तानी भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय पोखराले जनाएको छ । पाँच हजारदेखि २५ हजार घन लिटरसम्मका ११ वटा रिजर्भ ट्याङ्कीमा  कूल १ लाख १५ हजार घनलिटर पानी अट्ने क्षमता छ ।

गाउँमा सञ्चालित झारसाँधी–मजुवा–अर्ले–मनेवापाटा खानेपानी आयोजनाबाट रिघाका १६० घरधुरी लाभान्वित भएका हुन् ।  साबिक रिघा गाविसको वडा नम्बर ३, ६, ७ र ८ का स्थानीयवासी एवम् एउटा विद्यालयका लागिसमेत गरी विभिन्न क्षेत्रमा ११ वटा ट्याङकी निर्माणाधिन अवस्थामा छन् । हालसम्म चार वटा ट्याङ्कीबाट खानेपानी वितरण गरिसकिएको छ भने ७ वटा ट्याङ्कीको काम बाँकी रहेको उपभोक्ता समितिले जनाएको छ ।

यहाँ पहिले एउटै टोलका दशदेखि ३० वटा घरधुरीले एउटै धारामा पानी खादै आएकोमा अहिले एक घर, एक धारा निर्माण गरी घर घरमै खानेपानी पु¥याइएको छ । सुख्यायामका बेलामा खानेपानीको मुल सुक्दा सार्वजनिक धारामा एक गाग्री पानी भर्न सास्ती हुने गरेको तर अहिले खानेपानीको व्यवस्थापन भएपछी घरमै पानी भर्न पाउँदा गलकोट नगरपालिका–११ रिघा मजुवाकी भिमा घर्तीले खुसी व्यक्त गर्नुभयो ।

अहिले खानेपानी वितरण प्रणालीलाई व्यवस्थित गरेपछि सुख्यायाममा स्रोत सुक्दा खानेपानीको जोहो गर्न मुस्किल हुँदै आएकोमा अब यो समस्याको समाधान भएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय पोखराको ७० प्रतिशत र स्थानीयको ३० प्रतिशत जनश्रमदानमा निर्माण गर्न लागिएको आयोजनाको पाइप लाइन विस्तार, ट्याङ्की निर्माण र धारा जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । मजुवाका स्थानीयवासी तथा उपभोक्ता समितिका सदस्य दिलबहादुर थापाले खानेपानीको समस्याबाट सदाका लागि मुक्त भएको बताउनुभयो । 

विश्वभर फैलिएको कोरोना भाइरस महामारीले गर्दा तोकिएको समयभित्र खानेपानी निर्माण कार्य सम्पन्न गर्न नसकेपनि अहिले निर्माण सम्पन्नको अवस्थामा पुगेको झारसाँधी–मजुवा–अर्ले–मनेवापाटा खानेपानी उपभोक्ता समितिका अध्यक्ष बाबुराम नेपालीले बताउनुभयो । लामो समयसम्म एक गाग्री खानेपानीका लागि घण्टौ कुर्नुपर्ने समस्या भोगेका स्थानीयवासी भने घरघरमा जडान गरिएका धाराबाट पानी आउन थालेपछि हर्षित बनेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य