४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङमा ४४ प्रतिशत मुद्दा फर्छ्यौट

१८ आश्विन २०७७, आईतवार ११:४९

असोज १८, विराटनगर  । बन्दाबन्दीको अवस्था रहेर पनि  एक वर्षका अवधिमा जिल्ला अदालत मोरङले ४३ दशमलव छ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । आर्थिक वर्ष २०७६ । ७७ मा तीन हजार आठ नयाँ मुद्दा  दर्ता भएको थियो । आव २०७५ । ६६ देखि जिम्मेवारी सरी आएका दुई हजार ३३ मुद्दा गरी पाँच हजार ४१ मुद्दामध्ये अदालतले दुई हजार ३५१ मुद्दा फर्छ्यौट गरेको सूचना अधिकारी युवराज पौडेलले जानकारी दिनुभयो ।

फर्छ्यौट भएका मुद्दा जिम्मेवारी सरी आएका मुद्दामध्ये ६० दशमलव तीन प्रतिशत र नयाँ दर्ता तीन हजार आठमध्ये एक हजार ५०० मुद्दा फर्छ्यौट लक्ष्य रहेकामा एक हजार १२५ मुद्दा फर्छ्यौट भई ७४ दशमलव आठ प्रतिशत फर्छ्यौट भएको जनाइएको छ । 

गत आवमा फर्छ्यौट भएका दुनियाँवादी देवानी तथा पारिवारिक विवादमा विवाह, सम्बन्धबिच्छेद, मातृत्व वा पितृत्व ,अंशबण्डा, अपुताली र सम्पत्तिसम्बन्धी छन् । करार तथा अन्य दायित्व, भूमि र  विविध देवानी पनि छन् ।

यसैगरी सरकारवादी देवानी, हातहतियार तथा खरखजना, विष्फोटक पदार्थ, भेदभाव तथा अपमानजन्य व्यवहार, विवाह, ज्यान, कुटपिट वा अङ्भङ्ग आदिसम्बन्धी फछ्र्याेट भएका छन् । सो अवधिमा अदालतले रु आठ तीन लाख ९० हजार जरिवाना असूल गरी ७०७ वर्ष सात महिना २७ दिन कैद भुक्तान गराएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ