2026-09-13 12:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वत सुनचाँदी व्यवसायी संघमा समुदाय प्रहरी साझेदारी कार्यक्रम

 पर्वत सुनचाँदी व्यवसायी संघमा चाडपर्वलाई लक्षित गरेर व्यवसाय सुरक्षाको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले सुनचाँदी व्यवसाय सम्मानित पेशा भएको बताउँदै यसको सुरक्षामा प्रहरी प्रशासन सदैव सक्रिय रहेको बताउनुभयो ।

उहाँले विश्वभर फैलिएको कोरोनाको संन्त्रास र सुरक्षालाई ध्यानमा राखेर व्यवसाय संचालन गर्न व्यवसायीलाई आग्रह गर्नुभयो । प्रजिअ रेग्मीले भरपर्दो सुरक्षा रणनीति तथा योजना लागू गरेर व्यवसायिक वातावरण बनाइने बताउनु भयो । प्रजिअ रेग्मीले सुनचाँदी व्यवसायमा सुरक्षा र सावधानी दुवै आवश्यक रहेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक विश्वराज अधिकारीले पर्वत जिल्लामा शान्ति सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन आफु निरन्तर लागेको बताउँदै सुनचाँदी पसल तथा बैंक, वित्तीय संस्था भएको क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत बनाउन टोल नै खटाइएको बताउनु भयो ।

उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्माले सुनचाँदी वहुमुल्य धातुको व्यवसाय भएकाले अस्पष्ट नीति नियमका कारण समस्या सिर्जना हुने गरेको बताउनुभयो । उहाँले सवै खालका व्यावसायहरुको सुरक्षाका लागि प्रहरी प्रशासनसँग संघले निरन्तर सहकार्य गरिरहेको बताउनुभयो ।

पर्वत सुनचाँदी व्यवसायी संघका अध्यक्ष ठाकुर वि पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कुश्मा नगरपालिका -१० पिपलटारीका वडा अध्यक्ष सुजन वि.क. फलेवास नगरपालिका- ११ पाङराङका वडा अध्यक्ष जितवहादुर सुनार, संघका निवर्तमान अध्यक्ष विकास सुनार, पुर्व अध्यक्ष लखन सुनार, संघका सल्लाहाकार, पदाधिकारी एवम् सदस्यहरुको उपस्थितिरहेको थियो ।
उक्त कार्यक्रमको संचालन संघका सचिव कुलवहादुर सुनारले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले