९ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रोजगारी गुमाएकाप्रति लक्षित कार्यक्रम शुरु

२३ आश्विन २०७७, शुक्रबार ०९:१२

असोज २३, स्यांग्जा | विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण रोजगारी गुमाएकालाई लक्षित गरी स्याङ्जाको वालिङ नगरपालिकाले विशेष कार्यक्रम शुरु गरेको छ । 

कोभिडका कारण रोजगारी गुमाएका तथा समस्यामा परेका वालिङका नागरिकलाई लक्षित गदै विशेष कार्यक्रम शुरु गरेको वालिङ नगरपालिकाले जनाएको छ । युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ शुरु गरिएको हो । 

कोभिड–१९ का कारण समस्यामा परेका नागरिकलाई दिगो आर्थिक विकासतर्फ अभिप्रेरित गरी उनीहरुको जीवनस्तरमा परिवर्तन ल्याउने उद्देश्यले यो परियोजना शुरु गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । “विशेष गरेर विभिन्न मुलुकमा रोजगारी गर्दागर्दै कोभिडका कारण स्वदेश फर्केका नागरिकलाई सहज अवस्थामा ल्याउनका लागि यो अभियानको शुरुआत गरेका हौँ”, उहाँले भन्नुभयो, “कोभिडकै कारण रोजगारी गुमाएका तथा पेशा व्यवसायमा हानिनोक्सानी व्यहोरेका नागरिकलाई लक्षित गरी यो अभियान सञ्चालनमा ल्याइएको हो ।”

नगरपालिकाका १४ वटै वडामा नर्सरी स्थापना गर्नुका साथै आवश्यक बीउविजन तथा उपकरण प्रदान गरिने नगर प्रमुख खाँणले बताउनुभयो । अभियानअन्तर्गत उद्यमशीलता व्यवसाय प्रवर्तन केन्द्र (इविक सेन्टर) को  स्थापना गर्ने, उद्यम तथा नवप्रवर्तन डेस्कमार्फत कम्तीमा ५० हजार अनुदान सहयोग गरिने छ भने वालिङ प्रोडक्ट होल्डिङ कम्पनीमार्फत बजारीकरणको ब्यवस्था मिलाइने नगर प्रमुख खाँणको भनाइ छ । 


नगरपालिकाले वालिङ नगरभित्रै रहेका वा विदेशी भूमिमा कोभिड–१९ का कारण प्रभावित बनेका कम्तीमा एक हजार जनालाई स्वरोजगार बनाउने गरी तयारी थालिएको उहाँले बताउनुभयो । अभियान सञ्चालनका लागि वालिङ नगरपालिकामार्फत रु दुई करोड र युएनडिपी नेपालमार्फत रु एक करोड छ लाख ९४ हजार २५० बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।

वालिङ नगरपालिकामा विदेशबाट फर्केर आउनुभएका नागरिकको सङ्ख्या ठूलो भएको नगर उपप्रमुख कल्पना तिवारीले बताउनुभयो । उनीहरुको मागअनुसारको सीप तथा तालीम प्रदान गरी स्वरोजगार बनाउनका लागि यस अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाइने उहाँले बताउनुभयो ।

कोभिड–१९ बाट प्रभावित रोजगारी गुमाएका वालिङका नागरिकमा रहेको अन्यौलतालाई चिर्दै उनीहरुको मनोभावनाअनुसार जनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने गरी कार्यक्रम पुर्याइने प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीन हजार बढी करदाताले बुझाएनन् विवरण कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध राप्रपाले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिए महादेवको मूर्ति निर्माण गर्न महायज्ञमा साठी लाख सङ्कलन ‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’ वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता शिक्षकहरुले संघर्षका कार्यक्रमहरू थप चर्काउने चेतावनी दिए ‘रियल स्टेट’लाई उद्योगको रुपमा विकास गर्नुपर्ने कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग बेलौरीमा जलेको अवस्थामा रानाको शव भेटियो आज संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री नेपाल आउँदै विद्यालय खुल्ने वातावरण बनाउन माग पोप फ्रान्सिसको निधनपछिका कुराहरू सप्तकोशीमा बेपत्ता दुईजनाको खोजी जारी भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु चराङ—छोसेर सडक धमाधम स्तरोन्नति दानव नदीमा बेपत्ता भएका दुई बालकको शव भेटियो