Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रोजगारी गुमाएकाप्रति लक्षित कार्यक्रम शुरु

२०७७, २३ आश्विन शुक्रबार ०९:१२

असोज २३, स्यांग्जा | विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण रोजगारी गुमाएकालाई लक्षित गरी स्याङ्जाको वालिङ नगरपालिकाले विशेष कार्यक्रम शुरु गरेको छ । 

कोभिडका कारण रोजगारी गुमाएका तथा समस्यामा परेका वालिङका नागरिकलाई लक्षित गदै विशेष कार्यक्रम शुरु गरेको वालिङ नगरपालिकाले जनाएको छ । युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ शुरु गरिएको हो । 

कोभिड–१९ का कारण समस्यामा परेका नागरिकलाई दिगो आर्थिक विकासतर्फ अभिप्रेरित गरी उनीहरुको जीवनस्तरमा परिवर्तन ल्याउने उद्देश्यले यो परियोजना शुरु गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । “विशेष गरेर विभिन्न मुलुकमा रोजगारी गर्दागर्दै कोभिडका कारण स्वदेश फर्केका नागरिकलाई सहज अवस्थामा ल्याउनका लागि यो अभियानको शुरुआत गरेका हौँ”, उहाँले भन्नुभयो, “कोभिडकै कारण रोजगारी गुमाएका तथा पेशा व्यवसायमा हानिनोक्सानी व्यहोरेका नागरिकलाई लक्षित गरी यो अभियान सञ्चालनमा ल्याइएको हो ।”

नगरपालिकाका १४ वटै वडामा नर्सरी स्थापना गर्नुका साथै आवश्यक बीउविजन तथा उपकरण प्रदान गरिने नगर प्रमुख खाँणले बताउनुभयो । अभियानअन्तर्गत उद्यमशीलता व्यवसाय प्रवर्तन केन्द्र (इविक सेन्टर) को  स्थापना गर्ने, उद्यम तथा नवप्रवर्तन डेस्कमार्फत कम्तीमा ५० हजार अनुदान सहयोग गरिने छ भने वालिङ प्रोडक्ट होल्डिङ कम्पनीमार्फत बजारीकरणको ब्यवस्था मिलाइने नगर प्रमुख खाँणको भनाइ छ । 


नगरपालिकाले वालिङ नगरभित्रै रहेका वा विदेशी भूमिमा कोभिड–१९ का कारण प्रभावित बनेका कम्तीमा एक हजार जनालाई स्वरोजगार बनाउने गरी तयारी थालिएको उहाँले बताउनुभयो । अभियान सञ्चालनका लागि वालिङ नगरपालिकामार्फत रु दुई करोड र युएनडिपी नेपालमार्फत रु एक करोड छ लाख ९४ हजार २५० बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।

वालिङ नगरपालिकामा विदेशबाट फर्केर आउनुभएका नागरिकको सङ्ख्या ठूलो भएको नगर उपप्रमुख कल्पना तिवारीले बताउनुभयो । उनीहरुको मागअनुसारको सीप तथा तालीम प्रदान गरी स्वरोजगार बनाउनका लागि यस अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाइने उहाँले बताउनुभयो ।

कोभिड–१९ बाट प्रभावित रोजगारी गुमाएका वालिङका नागरिकमा रहेको अन्यौलतालाई चिर्दै उनीहरुको मनोभावनाअनुसार जनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने गरी कार्यक्रम पुर्याइने प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी