९ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वालिङमा १७ करोड सामाजिक सुरक्षा भत्ता वितरण

२४ आश्विन २०७७, शनिबार ०३:२६

असोज २४, वालिङ । स्याङ्जाको वालिङ नगरपालिकामा गत आर्थिक वर्ष २०७६/०७७ मा रु १७ करोड बढी सामाजिक सुरक्षा भत्ता वितरण भएको छ । नगरपालिकाले ज्येष्ठ नागरिक, दलित, आर्थिकरुपले विपन्न, अशक्त र असहाय अवस्थाका व्यक्ति, एकल महिला, क र ख वर्गका अपाङ्गता भएका व्यक्तिका लागि नगरपालिकाले बैंकमार्फत रु. सत्र करोड २१ लाख ४४ हजार ४०० वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो ।

नगरपालिकाले वडागतरुपमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिको सूची तयार गरेर नगरस्थित विभिन्न बैंकसँग सम्झौता गरी भत्ता वितरण गर्दै आएको ज्ञवालीले बताउनुभयो । “नगरपालिकाले प्रथम, दोस्रो र तेस्रो चौमासिकमा भत्ता वितरण गर्दै आएको छ”, ज्ञवालीले भन्नुभयो, “गत आवको पहिलो चौमासिकमा रु.  पाँच करोड ७१ लाख ८३ हजार, दोस्रोमा रु. पाँच करोड ७२ लाख २ हजार र तेस्रो तथा अन्तिम चौमासिकमा रु. पाँच करोड ७७ लाख ५८ हजार वितरण भएको हो ।” 

पहिलो चौमासिकमा छ हजार ३५९, दोस्रोमा छ हजार ३७० र तेस्रोमा छ हजार ४५४ जनालाई भत्ता वितरण गरिएको  हो । गत आर्थिक वर्षमा कूल १९ हजार १८३ जनाले विभिन्न शीर्षकमा सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका हुन् । नगरपालिकामा सामाजिक सुरक्षा भत्ता लिन कायम रहेको संख्याभन्दा कमले मात्रै भत्ता बुझ्ने गरेका लेखा अधिकृत ज्ञानप्रसाद अर्यालले बताउनुभयो । 

नपामा ज्येष्ठ नागरिकतर्फ १० हजार ६६० मध्ये १० हजार ४९४ जनाले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत बुझेको अधिकृत अर्यालले बताउनुभयो । उहाँका अनुसार असहाय एकल महिला तथा विधवातर्फ ५ हजार ७८८ मध्ये ५ हजार ३९३, अति अशक्त अपाङ्गता ‘ख’ वर्गको ७१७ मध्ये ६६७, दलित बालबालिकातर्फ २ हजार २५४ रहेकोमा २ हजार १२८ र पूर्ण अपाङ्गता ‘क’ वर्गतर्फ ३५६ मध्ये ३४१ जनालाई भत्ता वितरण गरिएको हो ।

नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणतर्फ सबैभन्दा धेरै ज्येष्ठ नागरिकको रहेको छ । ज्येष्ठ नागरिकलाई रु. एघार करोड ६३ लाख ६७ हजार २००, असहाय एकल महिला, विधवालाई रु. चार करोड ३० लाख ८७ हजार ४००, अति अशक्त अपाङ्गता भएको ‘ख’ वर्गकालाई रु. ५२ लाख १९ हजार ८००, दलित बालबालिकालाई रु. ३३ लाख ७८ हजार र पूर्ण अपाङ्गता भएका ‘क’ वर्गकालाई रु. ४० लाख ९२ हजार वितरण गरिएको लेखा सहायक ईश्वरीप्रसाद तिवारीले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग बेलौरीमा जलेको अवस्थामा रानाको शव भेटियो आज संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री नेपाल आउँदै विद्यालय खुल्ने वातावरण बनाउन माग पोप फ्रान्सिसको निधनपछिका कुराहरू सप्तकोशीमा बेपत्ता दुईजनाको खोजी जारी भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु चराङ—छोसेर सडक धमाधम स्तरोन्नति दानव नदीमा बेपत्ता भएका दुई बालकको शव भेटियो भारतीय विद्युत् मन्त्री काठमाडौँमा अस्थायी आवास निर्माण गर्न अनुदान वितरण कक्षा १२ को परीक्षा निर्धारित समयमै सञ्चालन गर्ने बोर्डको निर्णय ब्राजिलियन फुटबल खेलाडी कार्लोस नेपालमा प्लाष्टिकजन्य फोहर नबाल्न कामपाको आग्रह बाबुआमाले लछारपछार गर्दा शिशुको मृत्यु वृद्धाश्रममा परिवारको खुसी खोजिरहेका अनुहारहरू कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल एक तोला सुनको मूल्य दुई लाख नजिक म्याग्दीको अर्मनमा ‘एक घर, एक धारा’