२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

कोरोना समुदायमा फैलँदै गएपछि पठनपाठन स्थगित

२०७७, २५ आश्विन आईतवार ०४:१५

असोज २५, प्युठान | प्युठानको नौबहिनी गाउँपालिकाले शिक्षण सिकाइका क्रियाकलाप स्थगन गरेको छ । समुदायमा कारोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि नौबहिनीका विद्यालयका पठनपाठन कार्य स्थगन गरिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ ले विद्यार्थीको पुहँचको आधारमा वर्गीकरण गरी पठनपाठनको विकल्पहरु प्रदान गरेको छ । कुनै पनि वैकल्पिक शिक्षण सिकाइ माध्यमको पहुँचको अभावमा रहेका विद्यार्थीलाई विद्यालयमै पठनपाठन गरिरहेको भए पनि कोरोनाको जोमिख बढ्दै गएपछि पठनपाठन क्रियाकलाप स्थगन गरिएको पालिकाले जनाएको छ ।

विद्यालयमा शिक्षण सिकाइका अभ्यास भइरहेको अवस्थामा गाउँपालिकास्तरमा कोरोना सङ्क्रमण फैलिएपछि नौबहिनी गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले आजदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि जोखिम न्यूनीकरणका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको नौबहिनी गाउँपालिकाका अध्यक्ष शिव रिजालले जानकारी दिनुभयो । नौबहिनी गाउँपालिकामा १५ सक्रिय कोरोना सङ्क्रमित रहेका छन् । उहाँका अनुसार सङ्क्रमितहरु यसअघि समुदायमा घुलमिल भएका व्यक्ति रहेकाले अवस्था जोखिम रहेको छ ।

जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको अनुमति र निर्णयबिना धमाधम विद्यालयले पठनपाठन शुरु गरेका थिए । सरकारले वैकल्पिक शिक्षाबाट शिक्षण गराउन अनलाइन, रेडियो, टेलिभिजन, भिडियो, अडियो, नोट आदिबाट गराउन सकिने भनिए पनि प्रविधिमा विद्यार्थीको पहुँच कमी हुने भएका कारण नौबहिनीमा असोज १ गतेदेखि विद्यालयमै पठनपाठन शुरु गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने