२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चापाकोट नगरपालिकामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द

२०७७, २८ आश्विन बुधबार ०४:३४

असोज २८, स्याङ्जा । चापाकोट नगरपालिकामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ । कोरोना भइरसबाट मङ्गलबार एकै दिन १४ जनामा सङ्क्रमण देखिएपछि नगरपालिकाले कोरोना सङ्क्रमण समुदायमा थप फैलिनबाट रोक्न अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेर सर्वसाधारण जनतालाई सचेत रहन आग्रह गरेको छ ।

नगरपालिकाका प्रमुख शिवकुमार गिरीले प्रेस विज्ञिप्तमार्फत सर्वसाधारणलाई सचेत रहन आग्रह गर्नुभएको छ । नगरप्रमुख गिरीले कोरोना सङ्क्रमणबाट जोगिन अपनाउनुपर्ने सावधानी पूर्णरूपमा अपनाउँदै सचेत रहन नगरवासीमा अपिल गर्दै सङ्क्रमितको उपचारसहित सम्पूर्ण व्यवस्था प्रदेश र सङ्घ सरकारसँग समन्वय र सहकार्य गरी अभिभावकत्व कायम गर्न नगरपालिका तत्पर रहेकाले धैर्य र सुरक्षित रहनसमेत आग्रह गर्नुभएको छ । खाद्यान्न र औषधि पसलबाहेकका बजार क्षेत्रका सबै पसलका साथै वडा कार्यालयमा समेत सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब सङ्कलन गरेर परीक्षण गर्ने क्रममा ३९ जनाको स्वाब सङ्कलन गरिएकामा १४ जनामा सङ्क्रमण देखिएपछि अन्यको पनि स्वाब सङ्कलन गर्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ । सङ्क्रमण देखिएका १० पुरुष र चार महिलामध्ये १३ जनाको कालिका सामुदायिक अस्पताल हेलुमा र एक जनाको पोखरामा उपचार भइरहेको  जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण देखिनेमा केही दिन पहिले चापाकोटमा बिएम फाउण्डेशन र ताइवान प्रिभेन्टिभ ब्लाइन्डेशन फाउण्डेशनद्वारा सञ्चालित एकदिने निःशुल्क आँखा शिविरमा सहभागी भएकाहरु छन् । शिविरमा सहभागी चिकित्सक र आयोजकसमेतमा कोरोना सङ्क्रमण देखिएपछि केही दिनदेखि आइसोलेसनमा उपचार गराइरहेका बेला अन्य स्थानीयवासीमा समेत कोरोना देखिएपछि चापाकोट नगरपालिकामा कोरोना सङ्क्रमण थप फैन सक्ने भएकाले उच्च सतर्कता अपनाइएको छ । यता वालिङ बजारमा समेत व्यापारीमा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिकाले सतर्कता अपनाउन आग्रह गर्दै स्वास्थ्य सुरक्षाका सबै मापदण्डको प्रयोग गर्न आग्रह गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि