२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्णालीमा चाडपर्व सुरक्षार्थ प्रहरी परिचालन

२९ आश्विन २०७७, बिहीबार ०८:३७

असोज २९, कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले चाडपर्व सुरक्षाका लागि तीन हजार ७८९ प्रहरी परिचालन गर्ने भएको छ । नेपालीको महान चाड दशैँ, तिहार, छठ पर्वका अवसरमा हुनसक्ने अवाञ्छित र आपराधिक गतिविधि नियन्त्रण तथा सडक सुशासन कायम गर्न प्रदेश प्रहरी कार्यालयले प्रहरी परिचालन गर्ने भएको हो । 

प्रदेश प्रहरीसहित मातहतका जिप्रकाबाट निगरानी तथा सूचना सङ्कलनका लागि सादा पोशाकमा समेत गरी जम्मा तीन हजार ७८९  प्रहरी जनशक्ति खटाइएको प्रदेश प्रहरी कार्यालयका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

“सुरक्षा कार्ययोजनाअन्तर्गत सडक सुशासन सार्वजनिक यातायातका साधनको सहज आवागमन र दुर्घटना न्यूनीकरणका लागि सीसीटीभी, लिडर स्पिड राडार गनलगायतका प्रविधिहरुको उच्चतम प्रयोग गरिनेछ”, प्रहरी उपरीक्षक श्रेष्ठले भन्नुभयो, “आइपर्ने विपद्बाट बचाउन क्यूआराटी, रिजर्भ र उद्धार टोलीसमेतको व्यवस्था गरिएको छ ।” 

त्यसैगरी खाद्यान्नलगायत अत्यावश्यक वस्तुको मिसावट, कालोबजारी रोकथाम तथा सहज आपूर्ति व्यवस्था, पकेटमारी, चोरी, लुटपाट, गुण्डागर्दी र ठगी नियन्त्रण, सार्वजनिक सवारीमा यात्रा गर्दा यात्रु ठगिन नदिने र सामान झोला छुटी हराउन गएमा खोजतलास गर्ने गराउने बैंक, वित्तीय संस्था तथा आर्थिक कारोबार बढी हुने स्थानको सुरक्षा व्यवस्था गरिने उहाँले बताउनुभयो ।

१० कमाण्ड सेन्टर स्थापना  

कर्णाली प्रदेश तथा मातहत कार्यालयमा चाडपर्व अवधिभर अवाञ्छित, आपराधिक गतिविधि तथा सवारी दुर्घटना नियन्त्रण गर्न प्रदेश प्रहरी कार्यालयसहित मातहत जिल्लामा एक÷एक वटा कमाण्ड सेन्टरको स्थापना गरिएको छ । त्यसले यो अवधिमा आइपर्ने सबै गतिविधि रेखेदेखको कमाण्ड गर्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो । 

प्रदेश प्रहरीले कमाण्ड सेन्टरमार्फत चाडपर्वको अवसरमा हुनसक्ने चोरी तस्करी तथा लागुऔषधको ओसारपसार, जुवातास, डाईस, (लङगुर गुर्जा) कौडा खेल्ने पटकालगायत अन्य विष्फोटक पदार्थको आयात र प्रयोग, तिहारको समयमा हुनसक्ने झै–झगडा र आगलागी जस्ता सम्भावित अन्य विवादको पूर्णतया रोकथाम नियन्त्रण कार्य अघि बढाएको छ । 

मोबाइल गस्ती हुने 

प्रहरीले चाडपर्व अवधिभर राजमार्ग क्षेत्रमा सुरक्षा तथा ग्रामीण ईलाकाका एक÷एक ठाउँमा मोबाइल गस्तीसमेत गर्ने भएको छ । प्रदेशमा नियमित चेक प्वाइन्ट २८, आकस्मिक चेक प्वाइन्ट ट्राफिकसहित ३९, यात्रु सहायता कक्षा २४, पिकेट ७४, झै–झगडा, चोरी, लुटपाट, जुवातास, मादक पदार्थ सेवन नियन्त्रण ६७, धार्मिक तथा पर्यटकीय स्थल सुरक्षा २०, बजार अनुगमन टोली १७  र बैंक, वित्तीय संस्था तथा आर्थिक कारोबार बढी हुने ३१ स्थान पनि सुरक्षा व्यवस्था गरिएको प्रहरी उपरीक्षक श्रेष्ठको भनाइ छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य