४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

सेना र प्रहरीमा सङ्क्रमण बढ्दो

३० आश्विन २०७७, शुक्रबार ०४:४७

असोज ३०,  बागलुङ । नेपाली सेना र प्रहरीको ब्यारेकमा कोरोना सङ्क्रमण बढ्दो छ । बिहीबार मात्रै यहाँ कार्यरत २२ नेपाली सेना र १४ नेपाल प्रहरीमा सङ्क्रमण पुष्टि भएको हो । यसअघि गत आइतबार नेपाली सेनाको २३ नं बाहिनीका १८ र अर्जुनवाण गण घोडाबाँधेका १२ सैनिकमा कोरोना देखिएको थियो ।

त्यस्तै अघिल्लो बुधबार नेपाली सेनाका २८ जनामा एकसाथ सङ्क्रमण पुष्टि भएको थियो । नेपाल प्रहरीमा पनि सङ्क्रमित थपिँदै गएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकृतमा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका १४ जनामा बिहीबार सङ्क्रमण पुष्टि भएको हो ।

बिहीबार मात्रै नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि, उच्च अदालत पोखरा बागलुङ इजलासमा कार्यरत तीनसहित ५१ जना सङ्क्रमित थपिएका हुन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसीआर जाँचमा ४५ पुरुष र ६ महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

सङ्क्रमितमध्ये विदेशबाट आई क्वारेन्टिनमा बसेकासमेत छन् । यो सँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५८५ पुगेको छ । केही समयअघि नियन्त्रणउन्मुख देखिए पनि अहिले फेरि सङ्क्रमण दर बढ्दो छ । पछिल्लो दुई सातामा झण्डै २०० सङ्क्रमित थपिएका छन् । 

प्रमुख गुरौले अहिले ‘क्लस्टर’मा बढी सङ्क्रमण देखिएको र समुदायस्तरमा फैलन नदिन उच्च सावधानी अपनाउनुपर्ने बताउनुभयो । यात्रा विवरण नभएका र सङ्क्रमितसँग प्रत्यक्ष सम्पर्क नभएका व्यक्तिमा पनि सङ्क्रमण देखिन थाले त्यो चिन्ताको विषय हुने उहाँले उल्लेख गर्नुभयो । 

स्वास्थ्य कार्यालयका अनुसार हालसम्म कोरोना लागेर निको हुनेको सङ्ख्या ३८८ छ भने आइसोलेसनमा १९५ सङ्क्रमित छन् । क्वारेन्टिनमा रहेकाको सङ्ख्या ५६ छ । हालसम्म ८ हजार ७२२ जनाको पिसिआर जाँच गरिएको छ । सङ्क्रमित हुनेमा पुरष ९१ र महिला ९ प्रतिशत छन् ।

कोरोना सङ्क्रमणपछि निको भएको दर ७२.०७ प्रतिशत छ भने मृत्युदर ०.०४ प्रतिशत छ । यस्तै पिसीआर जाँचमध्येमा ५.०९ प्रतिशत सङ्क्रमण दर रहेको कार्यालयले जनाएको छ । जिल्लामा पहिलोपटक गत चैत १५ मा कोरोना देखिएको थियो जुन नेपालकै पाँचौ सङ्क्रमणको घटना थियो ।

जिल्लाका कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । बुधबार बागलुङ नगरपालिका–२ का ७७ वर्षीय कोरोना सङ्क्रमितको उपचारका क्रममा पोखरास्थित चरक मेमोरियल अस्पतालमा निधन भएको थियो । अस्पतालमै पिसिआर जाँच गर्दा उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको बागलुङ नगरपालिकाका जनस्वास्थ्य निरीक्षक रामप्रसाद खनालले बताउनुभयो । उहाँमा कोभिड–१९ सहित मधुमेह, उच्च रक्तचाप र मुटु सम्बन्धी समस्या रहेको जनाइएको छ । 

यसअघि निसीखोला गाउँपालिका– २ का २९ वर्षीय युवकको कोरोना लागेर ज्यान गएको थियो । मृगौला र फोक्सोको समस्याबाट ग्रसित युवकको भारतबाट आई क्वारेन्टिनमा बसिरहेका बेला निधन भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ