साउन १५, बैतडी । लगातारको पानीसँगै पहिरो जाँदा बझाङमा शुक्रबार पाँच घर पुरिएका छन् भने आठ घर उच्च जोखिममा रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार काँडा गाविस–४ चुकझाडमा पहिरो जाँदा स्था"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १५, बैतडी । लगातारको पानीसँगै पहिरो जाँदा बझाङमा शुक्रबार पाँच घर पुरिएका छन् भने आठ घर उच्च जोखिममा रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार काँडा गाविस–४ चुकझाडमा पहिरो जाँदा स्था"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा पहिरोले पाँच घर पुरिए, आठ घर उच्च जोखिममा

२०७३, १५ श्रावण शनिबार ०५:१५

साउन १५, बैतडी । लगातारको पानीसँगै पहिरो जाँदा बझाङमा शुक्रबार पाँच घर पुरिएका छन् भने आठ घर उच्च जोखिममा रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार काँडा गाविस–४ चुकझाडमा पहिरो जाँदा स्थानीय बमबहादुर बोहरा, गोरे बोहरा, लालबहादुर बोहरा, मोहनबहादुर बोहरा र मीनबहादुर बोहराको घर पुरिएको बताए । यस्तै पहिरोका कारण सोही ठाउँका राम बोहरा, जोगमल बोहरा, दलभान कामी, फुगे बोहरा, गिरी बोहरा, धुर्पु बोहरा र गिरी बोहराका घर उच्च जोखिममा परेको बताइएको छ । 

पहिरोबाट मानवीय क्षति भने नभएको खबर आएको प्रहरी नायब उपरीक्षक चन्दले बताए । उनले भने, “टेलिफोन सम्पर्क टुटेकाले घटनाबारे पछिल्लो जानकारी लिन सकिएको छैन ।” 

चुकझाड गाउँमा १०५ परिवार बसोबास गर्दै आएका छन् । लगातार परेको वर्षाका कारण पहिरो जाने क्रम नरोकिएकाले गाउँ नै जोखिममा रहेको स्थानीय बासिन्दाले बताएका छन् । 

घटनाबारे थप बुझ्नका लागि प्रहरीको टोली घटनास्थलतर्फ गएको र त्यसपछि मात्रै विस्तृत विवरण आउने प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिनुभयो । घटनास्थल सदरमुकाम चैनपुरबाट तीन दिनको पैदल दूरीमा पर्छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित