२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

प्रदेश नं १ मा थप ६५४ जनामा कोरोना सङ्क्रमण पुष्टि, नौ जनाको मृत्यु

३० आश्विन २०७७, शुक्रबार ०८:२९

असोज ३०, मोरङ । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा कोरोना सङ्क्रमणबाट थप नौ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सुनसरीका पाँच तथा मोरङ र तेह्रथुमका दुई/दुई जना रहेका छन् । योसँगै यो प्रदेशमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १२२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा गरिएको एक हजार ६४६ जनाको पिसीआर परीक्षणमा २४१ महिला र ४१३ पुरुष गरी कूल ६५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएका छन् । यसरी कोरोना सङ्क्रमण पुष्टि हुनेमा मोरङको विराटनगरका २२५ सहित ३२६, सुनसरीका २०९, झापाका ७४, सङ्खुवासभाका नौ, उदयपुरका चार, भोजपुर, तेह्रथुम, इलाम र ताप्लेजुङका दुई/दुई जना तथा प्रदेश बाहिरका २४ जना रहेको मन्त्रालयले जनाएको छ । 

यो प्रदेशमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार २६९ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ३२६ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्केका छन् । अहिलेसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या पाँच हजार ३३९ पुगेको छ । अहिलेसम्म एक लाख ४२ हजार ५२३ जनाको पिसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य