२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना संक्रमित एक जना साउदी उडे, एक जना भैरहवा उडे

२०७७, ३० आश्विन शुक्रबार ११:३३

अनिल अधिकारी | असोज-३०, काठमाडौँ | भैरहवाबाट असोज २७ गते वैदेशिक रोजगारीको लागि साउदी जान काठमाडौँ आएका धनुषाका एकै गाउँका तीनजना युवाहरु काठमाडौँमा एक होटलमा संगै खाए, संगै बसे । बिदामा साउदी जाने तयारी सहित आएका उनीहरुले सलाम एयरको टिकट लिएका थिए । उक्त उडानमा साउदी जान कोरोना परीक्षण गर्नुपर्ने थियो । 


एकजना म्यानपावरका प्रतिनिधिले कोरोना परीक्षणको लागि ह्याम्स हस्पिटल जान सल्लाह दिएपछि तीनैजना धुम्बाराहीस्थित ह्याम्स हस्पिटल पुगे । कोरोना परीक्षण गरे । तर लगत्तै एक घण्टापछि साउदी जानको लागि ह्याम्स हस्पिटलको रिपोर्ट मान्य नहुने थाहा पाए । लगत्तै उनिहरुलाई बसुन्धरामा रहेको कान्तिपुर डेन्टल गएर फेरी स्वाव दिए । उनीहरुले कान्तिपुरमा दिएको स्वाव सूर्य हेल्थकेयरको ल्यावबाट पाइने जानकारी दिईयो ।

उनिहरुको कोरोना परीक्षणको रिपोर्ट आयो । दुई ठाउँमा उनीहरुले गरेको स्वाव परीक्षणको फरक-फरक रिपोर्ट हेरेर उनिहरु आफै अलमलमा परे । तीन जनाको रिपोर्ट यसरी आयो ।

ह्याम्स हस्पिटलको रिपोर्ट:- 

पहिलो व्यक्ति – नेगेटिभ

दोश्रो व्यक्ति – नेगेटिभ

तेश्रो व्यक्ति -  पोजेटिभ

सूर्य हेल्थ केयरको रिपोर्ट:- 

पहिलो व्यक्ति – नेगेटिभ

दोश्रो व्यक्ति – पोजेटिभ

तेश्रो व्यक्ति -  नेगेटिभ

ह्याम्स हस्पिटल र सूर्य हेल्थ केयरको रिपोर्ट फरक-फरक देखिएपछि उनिहरु अलमलमा परे । तीन जना मध्ये एक जनाको रिपोर्ट दुवै ल्याबबाट नेगेटिभ आएको भएपनि दुई जनाको रिपोर्टमा हेरफेर देखियो । ह्याम्समा नेगेटिभ देखिएको व्यक्तिको रिपोर्ट सूर्य हेल्थ केयरमा पोजेटिभ देखियो भने ह्याम्समा पोजेटिभ देखिएको व्यक्तिको रिपोर्ट सूर्य हेल्थ केयरले नेगेटिभ देखियो । 

ह्याम्सले पोजेटिभ रिपोर्ट दिएको व्यक्ति साउदी उडे 

साउदी जाने तयारीमा आएका उनिहरुको फरक-फरक रिपोर्ट आएपछि साउदीको आधिकारिकता पाएको सूर्य हेल्थ केयरको रिपोर्टमा नेगेटिभ देखिएको तर ह्याम्समा पोजेटिभ देखिएको व्यक्ति शुक्रबार साउदी उड्न पाए । तर ह्याम्स हस्पिटलमा पोजेटिभ देखिएका व्यक्ति सूर्य हेल्थ केयरको ल्याबबाट पोजेटिभ देखिएका कारण साउदी जान पाएनन् । सलाम एयलाइन्सले ह्याम्सबाट आएको रिपोर्टलाई वेवास्था गर्दै अनिवार्य सुर्यको रिपोर्टलाई मात्र मान्ने भएपछि सूर्यको रिपोर्टमा पोजेटिभ तर ह्याम्सले नेगेटिभ देखाएको व्यक्ति साउदी उड्न पाएनन् । 


सूर्यले पोजेटिभ देखाएको व्यक्ति उडानबाट भैरहवा गए 

सूर्य हेल्थ केयरले नेगेटिभ रिपोर्ट दिएको दुई जना साथिहरु साउदी उडेपछी पोजेटिभ भएका व्यक्ति घर फर्किने सोच बनाई काठमाडौँको विमानस्थलबाट शुक्रबारनै भैरहवाका लागि उडेका छन् । उनले भने 'मलाई कोरोनाको कुनै लक्षण छैन, म अहिले भैरहवाको लागि उडान गर्न बोर्डीङ पास लिदैछु ।' उनले अगाडी भने 'मेरो हातमा दुई रिपोर्ट छन्, एउटाले पोजेटिभ देखाएको छ अर्कोले नेगेटिभ । दुई घण्टाको अन्तरमा स्वाव दिँदा आएको फरक-फरक रिपोर्टले अचम्म बनाएको छ । मैले आफ्नो समस्या कसलाई राख्नु ? मैले कुन रिपोर्टलाई विश्वास गर्नु ?' उनले भने 'कोरोना परीक्षण गर्दा एउटामा पोजेटिभ रिपोर्ट आएपछि साउदी जान पाइएन । घरबाट दशैं मानेर जानुहोला भनेपछि घर फर्कदैछु ।'  


'हामीले हरेक रिपोर्ट सरकारी निकायमा पठाउछौं'- सूर्य हेल्थ केयर 

दुई घण्टाको अन्तरालमा एकै व्यक्तिको फरक रिपोर्ट आएको सम्बन्धमा लाजिम्पाट स्थित सूर्य हेल्थ केयरसँग सम्पर्क गर्दा आफूहरुलाई सम्बन्धित व्यक्तिहरुले ह्याम्सको रिपोर्टबारे जानकारी नदिएको बताएको छ । 

सूर्य हेल्थ केयरका एक अधिकारीले भने 'फरक नतिजा आएपछि हामीलाई जानकारी गराएको भए हामीले त्यसलाई फेरी परीक्षण गर्न सक्थ्यौं तर त्यसबारे सूचना आएन ।' सूर्य हेल्थ केयरका अधिकारीका अनुसार परीक्षण गरिएको हरेक व्यक्तिको रिपोर्टबारे स्वास्थ्य मन्त्रालयको  HOEC, स्वास्थ्य बिभाग टेकु, स्वास्थ्य मन्त्रालयलाई समेत पठाइने गरिएको छ । कोरोना पोजेटिभ देखिएको व्यक्तिको रिपोर्ट अनुसार तत्काल संक्रमित व्यक्तिलाई सम्बन्धित निकायले सम्पर्क गरि व्यवस्थापन गर्नुपर्ने हुन्छ । सूर्य हेल्थ केयरका अधिकारीले भने 'हामीले कोरोना पोजेटिभ देखिएको व्यक्तिको मोबाइल नम्बर सहितको जानकारी सरकारलाई पठाएका हुन्छौं । तर सरकारी निकायबाट फलोअप नहुने गुनाशो आएको छ ।' यसअघि पनि एक जना संक्रमितले ५ दिनसम्म सरकारले सम्पर्क नगरेको गुनाशो गरेको उनले बताए ।

कोरोना महामारी नियन्त्रणमा सरकार माथि प्रश्न  

जुनसुकै प्रयोगशालाको भएपनि पोजेटिभ रिपोर्ट देखिएका व्यक्तिको जानकारी स्वास्थ्य सेवा विभाग इपीडिमियोजोली तथा रोग नियन्त्रण महाशाखालाई अनिवार्य दिनुपर्ने नियम छ । यो नियम अनुसार सरकारले पोजेटिभ भएका व्यक्तिको तत्काल व्यवस्थापन गर्नुपर्ने हुन्छ । तर कोरोना पोजेटिभ देखिएका व्यक्ति साउदी उड्दै गर्दा सरकारलाई पत्तो छैन । त्यस्तै अर्का कोरोना पोजेटिभ व्यक्ति उडानबाट धनुषा फर्कदैछन् । यसो हुनुमा सरकारी निकायबाट वेवास्ता भएको स्पष्ट देखिन्छ । कोरोना पोजेटिभ देखिएर विमानस्थल हुँदै धनुषा फर्किदै गरेका युवाले भने 'मलाई सरकारी निकायबाट कुनै फोन आएको छैन । काठमाडौँमा कहाँ बस्ने के गर्ने, कहाँ कसलाई गएर आफ्नो समस्या सुनाउने ? बरु सुरक्षित तरीकाले घर गएर घरमै होम आइसोलेसन् बस्छु ।' यो जवाफ दिदै गर्दा ति युवा काठमाडौँको विमानस्थलबाट भैरहवा जान वोर्डिङ पास लिदै थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे