४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

साइपाल गाउँपालिकामा आँखा शिविर सुरु

२ कार्तिक २०७७, आईतवार ०८:४७

कार्त्तिक २, बझाङ । हिमाली गाउँपालिका साइपालमा आँखा शिविर शुरु भएको छ ।   शनिबारदेखि शुरु भएको शिविरमा ३६ जनाको आँखाको शल्यक्रिया तथा उपचार गएिको छ ।

सुदूरपश्चिम प्रदेश सरकार, तिलगङ्गा आँखा अस्पताल काठमाडौँ, गाउँपालिका र जिल्ला अस्पतालको आयोजनामा  भएको आँखा तथा बृहत् स्वास्थ्य शिविरमा  भिडियो एक्सरे, हाइड्रोसिल जाँचलगायत स्वास्थ्य सेवासमेत प्रदान गरिएको जिल्ला अस्पतालका प्रमुख  डा सन्दीप ओखेडाले बताउनुभयो ।  आँखाको समस्या देखिएका धेरै बिरामी भएका कारण स्थानीयस्तरमै सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीको भनाइ थियो । 

गाउँपालिकाले असोजमा ९२३ जनाको सामान्य जाँच तथा आँखा परीक्षण गरेकामा ६४३ ज्येष्ठ नागरिकमा आँखाको समस्या देखिएपछि तिलगङ्गा आँखा अस्पतालका कार्यकारी निर्देशक  डा  रीता गुरुङलगायत नौ चिकित्सकसहित ४०  स्वास्थ्यकर्मीको टोली उक्त ठाउँमा पुगेको हो । शिविरमा आज बिहानसम्म करीब एक हजार चार सय बिरामीको  जाँच गरिएको, १३५ जनालाइ चश्मा वितरण गरिएको    ३६ जनाको आँखाको शल्यक्रिया गरिएको शिविर टोलीमा सहभागी पत्रकार वसन्तप्रताप सिंहले जानकारी दिनुभयो ।

पहिलोपटक स्थानीयस्तरमै शिविर सञ्चालन भएपछि स्थानीयवासी खुशी भएका छन् ।  धेरै पैसा खर्च गरेर उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको  गाउँपालिका काँडा घर भएका बमबहादुर बोहोराले बताउनुभयो । शिविरको उद्घाटन सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले  गर्नुभएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ