२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

कोरोना भाइरसको कारण देखाउँदै महोत्तरीमा चार कार्यालय बन्द

२०७७, ४ कार्तिक मंगलवार ०६:०९

कार्त्तिक ४, जलेश्वर । कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै महोत्तरीका चारवटा कार्यालयले आजदेखि आकस्मिक र आन्तरिकबाहेक सम्पूर्ण कामकाज बन्द गरेका छन् ।

कर्मचारीमा कोरोना भाइरस सङ्क्रमणको मिल्दोजुल्दो लक्षण देखिएकाले जिल्ला प्रशासन कार्यालय, मालपोत, भूमिसुधार र नापी कार्यालयसहित चार कार्यालयको कामकाज कात्तिक १५ गतेसम्मका लागि बन्द गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारीका कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो । उहाँले सो अवधिमा ती कार्यालयबाट हुने आकस्मिक र आन्तरिक कामबाहेक अन्य कुनै सेवा प्रवाह नहुने बताउनुभयो ।

ती कार्यालयको सेवा प्रवाह बन्द हुँदा सेवाग्राही मारमा परेका छन् भने सर्वसाधारणले कर्मचारीहरु बहानाबाजी गर्दै जनताको कामकाज ठप्प पारेको आरोपसमेत लगाएका छन् ।

पाँचसय बढी प्रहरी परिचालन

चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीले ५०० बढी प्रहरी परिचालन गरेको छ । जिल्लाको १५ वटै स्थानीय तहमा चाडबाडको बेला घट्नसक्ने सम्भावित घटना न्यूनीकरण तथा रोकथामका लागि विशेष सुरक्षा योजना लागू गर्दै ५०० बढी प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।

उहाँले जिल्लाका विभिन्न धार्मिकस्थल, मुख्य बजार तथा आर्थिक कारोवार बढी हुने बैंक तथा वित्तीय संस्था र सहायता कक्षजस्ता भीडभाड बढी हुने ठाउँमा उच्च सुरक्षा सर्तकता अपनाएको उल्लेख गर्दै जिल्ला प्रहरी, इलाका प्रहरी कार्यालय गौशाला र इलाका प्रहरी कार्यालय बर्दिवासबाट तुरुन्त एक्सनमा आउने गरी ५७ वटा मोटरसाइकलमा दुई÷दुई जनाका दरले २४घण्टे क्यूआरटी टोलीसमेत परिचालन गरिएको जानकारी दिनुभयो । 

प्रहरी उपरीक्षक टीकाबहादुर केसीले यो विशेष सुरक्षा योजना महोत्तरीमा बडादशैँ, दीपावली र छठपर्वसम्म सञ्चालनमा रहनेछ भन्नुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते