४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

कोरोना भाइरसको कारण देखाउँदै महोत्तरीमा चार कार्यालय बन्द

४ कार्तिक २०७७, मंगलवार ०६:०९

कार्त्तिक ४, जलेश्वर । कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै महोत्तरीका चारवटा कार्यालयले आजदेखि आकस्मिक र आन्तरिकबाहेक सम्पूर्ण कामकाज बन्द गरेका छन् ।

कर्मचारीमा कोरोना भाइरस सङ्क्रमणको मिल्दोजुल्दो लक्षण देखिएकाले जिल्ला प्रशासन कार्यालय, मालपोत, भूमिसुधार र नापी कार्यालयसहित चार कार्यालयको कामकाज कात्तिक १५ गतेसम्मका लागि बन्द गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारीका कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो । उहाँले सो अवधिमा ती कार्यालयबाट हुने आकस्मिक र आन्तरिक कामबाहेक अन्य कुनै सेवा प्रवाह नहुने बताउनुभयो ।

ती कार्यालयको सेवा प्रवाह बन्द हुँदा सेवाग्राही मारमा परेका छन् भने सर्वसाधारणले कर्मचारीहरु बहानाबाजी गर्दै जनताको कामकाज ठप्प पारेको आरोपसमेत लगाएका छन् ।

पाँचसय बढी प्रहरी परिचालन

चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीले ५०० बढी प्रहरी परिचालन गरेको छ । जिल्लाको १५ वटै स्थानीय तहमा चाडबाडको बेला घट्नसक्ने सम्भावित घटना न्यूनीकरण तथा रोकथामका लागि विशेष सुरक्षा योजना लागू गर्दै ५०० बढी प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।

उहाँले जिल्लाका विभिन्न धार्मिकस्थल, मुख्य बजार तथा आर्थिक कारोवार बढी हुने बैंक तथा वित्तीय संस्था र सहायता कक्षजस्ता भीडभाड बढी हुने ठाउँमा उच्च सुरक्षा सर्तकता अपनाएको उल्लेख गर्दै जिल्ला प्रहरी, इलाका प्रहरी कार्यालय गौशाला र इलाका प्रहरी कार्यालय बर्दिवासबाट तुरुन्त एक्सनमा आउने गरी ५७ वटा मोटरसाइकलमा दुई÷दुई जनाका दरले २४घण्टे क्यूआरटी टोलीसमेत परिचालन गरिएको जानकारी दिनुभयो । 

प्रहरी उपरीक्षक टीकाबहादुर केसीले यो विशेष सुरक्षा योजना महोत्तरीमा बडादशैँ, दीपावली र छठपर्वसम्म सञ्चालनमा रहनेछ भन्नुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ