साउन १५, नवलपरासी । महिला तथा बालबालिका कार्यालय नवलपरासीले द्वन्द्वपीडित समुदायलाई प्रोत्साहन गर्न रकम वितरण गरेको छ । 

जिल्लाका सोमनीका द्वन्द्वपीडित महिला समुदायलाई जीविकोपार्जन उन्मुख गराउन तालिम दिएर प्रतिव्यक्ति तीन हजार ५०० द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १५, नवलपरासी । महिला तथा बालबालिका कार्यालय नवलपरासीले द्वन्द्वपीडित समुदायलाई प्रोत्साहन गर्न रकम वितरण गरेको छ । 

जिल्लाका सोमनीका द्वन्द्वपीडित महिला समुदायलाई जीविकोपार्जन उन्मुख गराउन तालिम दिएर प्रतिव्यक्ति तीन हजार ५०० द"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका द्वन्द्वपीडित समुदाय जीविकोपार्जन तर्फ उन्मुख

२०७३, १५ श्रावण शनिबार ११:१७

साउन १५, नवलपरासी । महिला तथा बालबालिका कार्यालय नवलपरासीले द्वन्द्वपीडित समुदायलाई प्रोत्साहन गर्न रकम वितरण गरेको छ । 

जिल्लाका सोमनीका द्वन्द्वपीडित महिला समुदायलाई जीविकोपार्जन उन्मुख गराउन तालिम दिएर प्रतिव्यक्ति तीन हजार ५०० दरले आर्थिक सहयोग समेत गरेको छ । 

कार्यालय प्रमुख उर्भरा लुइँटेलले सोमरीका २० जना द्वन्द्वपीडित महिलालाई तरकारीखेती तालिम दिएर मल बीउको प्रोत्साहनसहित सो रकम सहयोग गरेको बताए । 

सो लक्षित महिलालाई रु ७० हजार नगद रकम हस्तान्तरण गरिएको थियो । तालिम पाएका द्वन्द्वपीडित महिलाले अहिले आधुनिक खेती सुरु गरेको र जसबाट उनीहरु जीविकोपार्जन तर्फ उन्मुख भएको कार्यालय प्रमुख लुइँटेलको भनाइ छ । 

तालिम पाए पश्चात् आफूहरु आधुनिक कृर्षि तर्फ उन्मुख भई सो आम्दानीले घरपरिवारको खर्चसमेत चलाउँदै आएको मनकामना महिला विकास समितिकी सचिव पिलादेवी चौधरीले बताए । 

चौधरीले  भने-‘तालिम पाएर आफूहरु व्यावसायिक कृर्षि तर्फ आकर्षित बनेका छौ । नवलपरासीको सोमनी गाविस– ७ बरगदवा गाउँमा २०६२ साल वैशाख २ गते एकैराति १२ जना सर्वसाधारणको हत्या भएको घटनाले अझै पनि यस गाउँका स्थानीयवासी द्वन्द्वको प्रभावबाट मुक्ति पाउन सकेका छैनन् । 

सो गाउँमा तत्कालीन (माओवादी) कार्यकर्ताले तत्कालीन प्रतिकार समूहका सदस्यलाई आक्रमण गर्न खोज्दा दुई बालकसहित बरगदवा गाउँका १२ जना सर्वसाधारण मारिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित