२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वत समन्वय समितिका जनप्रतिनिधिद्धारा चाडपर्व खर्च कोरोना कोषमा जम्मा

२०७७, ५ कार्तिक बुधबार १५:१०

 

पर्वत,कार्तिक ५ /जिल्ला समन्वय समिति पर्वतका जनप्रतिनिधिद्धारा कोरोना कोषमा रु २ लाख ३५ हजार रुपैया सहयोग गरेका छन् ।
कोरोना भाईरस (कोभिड-१९)को महामारीले विश्व आक्रान्त बनेका वेला नेपाल पनि यसको चौतर्फि चपेटामा परेको छ । यस्तो अवस्थामा समन्वय समितिका जनप्रतिनिधिहरुले राज्यवाट पाउने चाडपर्व सुविधाको रकम कोरोना कोषमा जम्मा गरिएको जिल्ला समन्व्य समिति पर्वतका प्रमुख मनोहर वि पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समितिका सदस्यहरुले चाडपर्व खर्चको रुपमा पाउने २ लाख ३५ हजार रकम कोरोना कोषमा जम्मा गरिएको एक विज्ञप्ती प्रकाशित गरी जानकारी गराईएको छ ।

 

कोरोनाले देशको समग्र क्षेत्रमा पारेको प्रभावले राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक असर पारेको सन्दर्भमा कोरोना संक्रमितहरुको उपचार र राहत सहयोग मिलोस भन्ने उद्धेश्यले आफुहरुले पाउने रकम पुन राज्यकै कोषमा जम्मा गरिएको उहाँले बताउनुभयो ।
यसले कोरोना संक्रमितको उपचारमा केहि सहज हुने विश्वास जनप्रतिनिधिहरुको रहेको छ । यस वर्ष महामारीले ग्रसित बनेको छ । सहज अवस्था भएमा चाडवाडहरु अर्को वर्ष मनाउँला भन्दै समन्वयका पदाधिकारीले स्वःत स्फुर्त रुपमा उक्त रकम जम्मा गरेको उपप्रमुख यामकुमारी रानाले बताउनुभयो ।

अर्थतन्त्रमै समस्या भएका कारण कोरोना संक्रमितको उपचारका लागि राज्य समस्यामा परेको बेला सवै क्षेत्रवाट यस्तै सहयोगको खाँचो रहेको रानाको भनाई रहेको छ ।
समन्वय समिति पर्वतको प्रमुखमा पौडेल र उपप्रमुख राना सँगै सदस्यहरुमा कविता विक, विष्णुराम विक, नन्दलाल सुवेदी, ज्ञानबहादुर भण्डारी, ओमप्रसाद रेग्मी, विष्णुमाया पौडेल र सर्मिला नेपाली रहनुभएको छ । उहाँहरु ९ जनाले चाडवाड खर्च वापत पाउने रकम जम्मा गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ