साउन १५, बर्दिवास । महोत्तरीको बर्दिवासमा आज सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घर टहरा भत्काइएका छन् । 

रातु नदी उकासको बर्दिवास–१ स्थित तीन हेक्टर जग्गा छेकेर रातारात बनाइएका घरटहरा स्थानीय प्रशासन, प्रहरी, सशस्त्र प्रहरी, पर्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १५, बर्दिवास । महोत्तरीको बर्दिवासमा आज सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घर टहरा भत्काइएका छन् । 

रातु नदी उकासको बर्दिवास–१ स्थित तीन हेक्टर जग्गा छेकेर रातारात बनाइएका घरटहरा स्थानीय प्रशासन, प्रहरी, सशस्त्र प्रहरी, पर्त"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

बर्दिवासमा अतिक्रमण गरेर बनाइएका घरटहरा भत्काइँदै

१५ श्रावण २०७३, शनिबार ११:२५

साउन १५, बर्दिवास । महोत्तरीको बर्दिवासमा आज सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घर टहरा भत्काइएका छन् । 

रातु नदी उकासको बर्दिवास–१ स्थित तीन हेक्टर जग्गा छेकेर रातारात बनाइएका घरटहरा स्थानीय प्रशासन, प्रहरी, सशस्त्र प्रहरी, पर्ती तथा नदी उकास संरक्षण समिति बर्दिवास र नागरिक समाजको सामूहिक निर्णयबाट भत्काइएको बर्दिवास नगरपालिकाले जनाएको छ । 

नदी उकास र पर्ती जग्गामा पछिल्ला केही दिनयता अतिक्रमण बढेर रातारात घर टहरा बनाउने क्रम बाक्लिएको थियो । गत बुधबार सम्पन्न सर्वपक्षीय बैठकको निर्णय अनुसार पर्ती र नदी उकास जग्गामा घरटहरा बनाएका बर्दिवास–९ का राजकुमार सिंहलाई तत्काल जग्गा खाली गर्न अनुरोध गर्दा त्यसको अटेर गरेर त्यसयता रातारात थप घर टहरा धमाधम बनाउन लागेपछि आज अतिक्रमण हटाइएको नगरपालिका कार्यकारी अधिकृत तथा पर्ती तथा नदी उकास जग्गा संरक्षण समितिका संयोजक रामकुमार कार्कीले जानकारी दिए । 

यता सिंहले भने अनाथका लागि बनाइएको आश्रम प्रहरी, प्रशासनको बलमा नगरपालिकाले भत्काइदिएको गुनासो गरेका छन् । बर्दिवासमा अहिले पर्ती र नदी उकास जग्गामा भएको अतिक्रमण हटाउनाका साथै त्यस्ता जग्गाको थप खोजी गरिने कार्य सँगसँगै बढाइएको छ । 

पर्ती र नदी उकास जग्गा खोज्ने र छुट्याउने अभियान अन्तर्गत पछिल्ला तीन दिनमै रातु नदी उकासका १०० हेक्टर जग्गा छुट्याएर पिलर (स्तम्भ, सिमेन्टको पक्की खाँबा) गाडिएको ले छ ।

एकमहिने सो अभियानअन्तर्गत नगरपालिका क्षेत्रका सबै पर्ती र नदी उकास जग्गा छुट्याइने कार्यकारी अधिकृत कार्कीले  बताए । बर्दिवास नयर क्षेत्रमा ४०० हेक्टरभन्दा बढी पर्ती र नदी उकास जग्गा रहेको अनुमान छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव