प्रेम सुनार | साउन–१५, गुल्मी । गुल्मीको दर्लिङ्ग गाविसमा घर भित्रै मुल फुटेपछि ४७ घरधुरी विस्थापित रहेको बताईएको छ । त्यस गाविस सचिव गोपालबहादुर सेन ओलीले उक्त कुरा बताएका हुन्  । उनले भने–‘ घरहरु  धेरै भत्केका छैनन तर प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | साउन–१५, गुल्मी । गुल्मीको दर्लिङ्ग गाविसमा घर भित्रै मुल फुटेपछि ४७ घरधुरी विस्थापित रहेको बताईएको छ । त्यस गाविस सचिव गोपालबहादुर सेन ओलीले उक्त कुरा बताएका हुन्  । उनले भने–‘ घरहरु  धेरै भत्केका छैनन तर प"/>
२९ पुष २०८२, मंगलवार
गुल्मी - GLM

घरभित्रै मुल फुटेपछि दर्लिङ्गमा ४७ परिवार विस्थापित

१५ श्रावण २०७३, शनिबार ११:४१

प्रेम सुनार | साउन–१५, गुल्मी । गुल्मीको दर्लिङ्ग गाविसमा घर भित्रै मुल फुटेपछि ४७ घरधुरी विस्थापित रहेको बताईएको छ । त्यस गाविस सचिव गोपालबहादुर सेन ओलीले उक्त कुरा बताएका हुन्  । उनले भने–‘ घरहरु  धेरै भत्केका छैनन तर प्राय सवैका घरहरु भित्र पानीको मुल फुटे पछि वस्न नसक्ने अवस्था भएर अहिले सम्म यस गााविसका ४७ घर परिवार विस्थापित भई छिमेकीको शरणमा रहेका छन् ।’

उनले थपे – घर भित्र मुल फुटे पछि यहाँको अवस्था विजोग छ, बढि मात्रमा वडा नम्वर ८, ९, २ र ३ को दुनाम गाउँमा बढि क्षति भएको जानकारी प्राप्त भएको छ ।’ वडा नम्वर २ र ३ को अवस्था बताउन गाविस कार्याललयमा आएका रविन्द्र बिश्वकर्माले दुनाम गाउँमा हाल सम्म २९ घर परिवार विस्थापित भएको बताए । उनले गाई भैसीहरु अर्को सुरक्षित स्थानमा लैजान समेत मुस्कील परेको जानकारी दिए  ।  

गाविस सचिव सेन ओलीले स्थानियवासी बिश्वकर्मालो उक्त क्षति भएको विवरण लिएर गाविसमा आएको बताउँदै आफु सहित दलका नेताहरुलाई लिएर भोली सम्म दुनाम पुग्ने बताए । जिल्ला प्रहरी कार्यालयमा भने दुनाममा १९ घर मात्रैको विवरण आएको त्यस कार्यालयका डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।

त्यहाँको विपदवारे प्रमुख जिल्ला अधिकारी उदयबहादुर  राना मगरलाई पनि जानकारी आएको उनले बताए । भने –‘ मलाई पनि जानकारी आएको छ , एसपी सावलाई पनि फोन गरेर थप प्रहरी खटाउन भनेको छु, चार पाँच जनाको प्रहरी अहिले पनि त्यही छ भन्ने सुनेको छु । ’  उनले त्यहाँको आवश्यकता बुझेर औषधी लगायतको राहत सामग्री पठाउन पनि पहल भई रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव