प्रेम सुनार | साउन–१४, गुल्मी । हाल सम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनका लागि सोही विद्यालयमा आफ्नो छोरा छोरीले अध्यान गरेको अभिभावक हुन पर्दथ्यो तर नयाँ आएको शिक्षा ऐनले त्य व्यवस्था खारेज गरेको छ । गुल्मीका जिल्ला शिक्ष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | साउन–१४, गुल्मी । हाल सम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनका लागि सोही विद्यालयमा आफ्नो छोरा छोरीले अध्यान गरेको अभिभावक हुन पर्दथ्यो तर नयाँ आएको शिक्षा ऐनले त्य व्यवस्था खारेज गरेको छ । गुल्मीका जिल्ला शिक्ष"/>
२९ पुष २०८२, मंगलवार
गुल्मी - GLM

अव विद्यालयको अध्यक्ष हुन अभिभावक हुन परेन

१५ श्रावण २०७३, शनिबार ११:४९

प्रेम सुनार | साउन–१४, गुल्मी । हाल सम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनका लागि सोही विद्यालयमा आफ्नो छोरा छोरीले अध्यान गरेको अभिभावक हुन पर्दथ्यो तर नयाँ आएको शिक्षा ऐनले त्य व्यवस्था खारेज गरेको छ । गुल्मीका जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले दिएको जानकारी अनुसार शिक्षा ऐन २०२८ लाई संशोधन गर्न बनेको ऐन २०७३ असार १५ लाई राष्ट्रपति विद्यादेवि भण्डारीले प्रमाणीकरण गरे लगत्तै  विद्यालय  शिक्षा संरचनामा परिवर्तन  गरिएको छ ।

जिल्ला शिक्षा अधिकारी खनालले  अव व्यवस्थापन समितिको अध्यक्ष हुन अभिभावक हुन नपर्ने बताए ।  सुरुमा अभिभावकहरुबाट सदस्य छनौट हुने गर्दछन् ।  तिनै सदस्यहरुबाट अध्यक्षको उमेदवार बन्न पाउने छन् । उनका अनुसार साविकको शिक्षा ऐन दफा १२ को उप दफा १ संशोधन भई विद्यालय व्यवस्थापन समिति गठन प्रकृयामा फरक व्यवस्था ल्याईएको हो ।  सो वमोजिम  सुरुमा दुई जना महिला  सहित ४ जना सदस्यहरु  छनौट गरिने छ । त्यस विद्यालय रहेको  नगरपालिका वा  गाउँ पालिकाको वडा अध्यक्ष वा संयोजकले मनोनयन गरेको सदस्य हुने छ ।  

वुद्धिजीवीहरुबाट एक जना सदस्य रहने छन् । विद्यालयको संस्थापक वा १० वर्ष देखि विद्यालयलाई सहयोग गरेको वा १० लाख भन्दा माथीको नगद  वा जिन्सी सहयोग गरेका  एक जना महिला सहित दुई जना  सदस्य बनाईने छ । शिक्षकहरुबाट एक जना प्रतिनीधी सदस्य बनाईने छ । प्रधानध्यापक साविकको जस्तै सदस्य सचिव रहने र ९ सदस्यीय  व्यवस्थान समिति बन्ने जनाईएको छ  ।

प्राथामिक तहको व्यवस्थापन समितिमा बुद्धिजिवीबाट सदस्य हुन कम्तीमा एसएलसी पाउने छन् ।   त्यो भन्दा माथील्लो तहको  विद्यालय को बुद्धिजीवीबाट सदस्य  हुन स्नातक गरेको हुनु पर्ने  बताईएको छ । वर्तमान समिति स्वतः खारेज भएको र तत्काल नयाँ व्यवस्था अनुसारको विद्यालय व्यवस्थापन समिति गठन गर्न शिक्षा विभागबाट निर्देशन समेत आई सकेको जिल्ला शिक्षा अधिकारी खनालले जानकारी दिए ।

सदस्यहरुबाट अध्यक्ष चयन नभएको वा अध्यक्ष नभएको उपस्थित हुन नसकेको अवस्थामा जेष्ठ सदस्यले बैठक संञ्चालन गर्न  सक्ने व्यवस्था समेत नयाँ ऐनमा उल्लेख भएको खनालले बताए । अध्यक्ष हुन पाउने शैक्षिक योग्यता भने पुरानै भएको जनाईएको छ । नयाँ ऐनले   शिशु देखि कक्षा ८ सम्मलाई आधारभुत शिक्षा , कक्षा ९ देखि १२ सम्मलाई माध्यामिक शिक्षा र सुस्त मनस्थिती , कान नसुन्ने लगायलाई विशेष शिक्षा भनेर तिन तहमा वर्गिकरण गरेको जिल्ला शिक्षा अधिकारीले बताए ।

शिक्षा सम्वन्धी नीति निर्धारण गर्न नेपाल सरकारलाई सुझाव सल्लाह दिन राष्ट्रिय शिक्षा परिषद गठन भएको र उच्च माध्यामिक शिक्षा परिषद विगठन भएको उनले जानकारी दिए ।  परिषद विगटन संगै माध्यामिक राष्ट्रिय परिक्षा वोर्ड गठन भएको पनि उनले बताए ।  दोश्रो ८ औं संशोधन पछि अव अन्तिम पटक रिक्त दरवन्दीका  शिक्षक अस्थाई शिक्षकको उमेदवारी दिन पाउने गरी शिक्षक सेवा आयोगले विज्ञापन  गर्न समेत  तयारी अगाडी बढाएको  जानकारी जिल्ला शिक्षा अधिकारी खनालले बताए ।  नयाँ ऐनमा अन्य कुराहरुमा पनि परिवर्तन भएको र आफुले त्यसको अध्यान गरेर सोही अनुरुपको निर्देशिका जारी गर्ने  जिल्ला शिक्षा अधिकारीको भनाई रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव