२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हत्या अभियोगमा चार जना पक्राउ

२०७७, १३ कार्तिक बिहीबार १०:११

कात्तिक १३, स्यांग्जा | हत्या अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–६ कोलडाँडा टक्सारमा दशैँको राति ११ बजे युवा समूहबीच झडप हुँदा गम्भीर घाइते युवाको उपचारका क्रममा गएराति मृत्यु भएपछि घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार पुतलीबजार–६ दाङलिङ गाउँबाट कोलडाँडा हुँदै पुरीस्वाँरा गाउँतर्फ मोटरसाइकलमा होहल्ला गर्दै गइरहेका युवाको समूहलाई कोलडाँडामा मादक पदार्थ सेवन गरी बसेका युवाले एक्कासी पछाडिबाट आक्रमण गर्दा पुरीस्वाँराका २९ वर्षीय सूर्यबहादुर गुरुङको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

उक्त घटनामा संलग्न रहेको अभियोगमा पुतलीबजार–६ बछिनडाँडा टक्सार बस्ने ३३ वर्षीय टाउके भन्ने ईन्द्रजित गुरुङ, सोही ठाउँका ३४ वर्षीय गिरेप्रसाद गुरुङ, २४ वर्षीय किङकङ गुरुङ र २८ वर्षीय सन्तोष गुरुङ रहेका प्रहरी प्रवक्ता अधिकारीले बताउनुभयो । पक्राउ परेकाहरुलाई स्याङ्जा जिल्ला अदालतबाट म्याद थपको स्वीकृति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षण गरी आज नै परिवारको जिम्मा लगाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ