४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

प्रदेश नं १ मा ५६९ जना सङ्क्रमित थपिए

१४ कार्तिक २०७७, शुक्रबार १४:२६

कात्तिक १४, विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ५६९ जना कोरोना सङ्क्रमत थपिएका छन् । यस अवधिमा गरिएको एक हजार ९६० जनाको पिसीआर परीक्षणमा २२३ महिला र ३४६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सङक्रमित हुनेहरुमा मोरङमा २५३ मध्ये विराटनगमा १४७, झापामा १४३, सुनसरीमा ११२, उदयपुरमा १२, इलाममा ११, धनकुटामा चार, भोजपुरमा तीन, सोलुखुम्बुमा दुई, पाँचथर, खोटाङ र तेह्रथुममा एक/एक र प्रदेश बाहिरका २६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा सङ्क्रमितको सङ्ख्या १८ हजार ९५३ पुगेको छ ।

यस प्रदेशमा आज ६१९ जना सङ्क्रमित निको भई घर फर्केका छन् । निको भई घर फर्कनेको सङ्ख्या अहिलेसम्म १० हजार ७९८ पुगेको छ । अहिलेसम्म एक लाख ५८ हजार ९४८ जनाको पिसीआर परीक्षण सम्पन्न गरिएको छ । 

प्रदेश नं. १ मा ७१ पत्रकार सङ्क्रमित 

प्रदेश नं. १ मा हालसम्ममा ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण भएको छ । प्रदेश नं। १ का नेपाल पत्रकार महासङ्घका अध्यक्ष विक्रम लुईटेलका अनुसार २० जना पत्रकार आइसोलेसनमा बस्नु भएको छ भने अरु सङ्क्रमणमुक्त हुनुभएको छ ।

यसैबीच नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष तारामणि सापकोटालाई आज कोभिड—१९ को सङ्क्रमण पुष्टि भएको छ । उहाँको कनकाईस्थित मेची प्रादेशिक अस्पतालको प्रयोगशालामा बिहीबार पिसीआर परीक्षण गरिएको थियो । आज रिपोर्ट पोजेटिभ आएको हो । होम आइसोलेसनमा रहनु भएका उहाँको स्वास्थ्य अवस्था सामान्य छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ