२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

प्रदेश नं १ मा ५६९ जना सङ्क्रमित थपिए

२०७७, १४ कार्तिक शुक्रबार १४:२६

कात्तिक १४, विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ५६९ जना कोरोना सङ्क्रमत थपिएका छन् । यस अवधिमा गरिएको एक हजार ९६० जनाको पिसीआर परीक्षणमा २२३ महिला र ३४६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सङक्रमित हुनेहरुमा मोरङमा २५३ मध्ये विराटनगमा १४७, झापामा १४३, सुनसरीमा ११२, उदयपुरमा १२, इलाममा ११, धनकुटामा चार, भोजपुरमा तीन, सोलुखुम्बुमा दुई, पाँचथर, खोटाङ र तेह्रथुममा एक/एक र प्रदेश बाहिरका २६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा सङ्क्रमितको सङ्ख्या १८ हजार ९५३ पुगेको छ ।

यस प्रदेशमा आज ६१९ जना सङ्क्रमित निको भई घर फर्केका छन् । निको भई घर फर्कनेको सङ्ख्या अहिलेसम्म १० हजार ७९८ पुगेको छ । अहिलेसम्म एक लाख ५८ हजार ९४८ जनाको पिसीआर परीक्षण सम्पन्न गरिएको छ । 

प्रदेश नं. १ मा ७१ पत्रकार सङ्क्रमित 

प्रदेश नं. १ मा हालसम्ममा ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण भएको छ । प्रदेश नं। १ का नेपाल पत्रकार महासङ्घका अध्यक्ष विक्रम लुईटेलका अनुसार २० जना पत्रकार आइसोलेसनमा बस्नु भएको छ भने अरु सङ्क्रमणमुक्त हुनुभएको छ ।

यसैबीच नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष तारामणि सापकोटालाई आज कोभिड—१९ को सङ्क्रमण पुष्टि भएको छ । उहाँको कनकाईस्थित मेची प्रादेशिक अस्पतालको प्रयोगशालामा बिहीबार पिसीआर परीक्षण गरिएको थियो । आज रिपोर्ट पोजेटिभ आएको हो । होम आइसोलेसनमा रहनु भएका उहाँको स्वास्थ्य अवस्था सामान्य छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने