२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

घुस लिएको अभियोगमा पक्राउ

२०७७, १६ कार्तिक आईतवार १३:२१

कात्तिक १६ काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौशाला नगरपालिका महोत्तरी रामनगरस्थित सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान उमेश चौहानलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । प्रहरी जवान चौहानलाई घरायसी प्रयोजनका लागि दाउरा लैजान सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग रु १७ हजार ६०० घुस लिएको अभियोग लागेको छ । 

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आयोगको बर्दिबास कार्यालयबाट गएको टोलीले आरोपी चौहानलाई गौशाला नगरपालिका २ निगौलचोकबाट पक्राउ गरिएको हो । 

यस्तै आयोगले प्रहरीचौकी तिलाठी सप्तरीमा कार्यरत प्रहरी नायब निरीक्षक सिकन्दर कानुले रु ५० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।बरामद गरी चौकीमा राखिएको मोटरसाइकल फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको अभियोग उनमा लागेको छ । आरोपी कानुनलाई तिलाठी कोइलाठी गाउँपालिका १ बेल्हीबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाइएको छ । 

उनलाई दुई साता अगाडि खाद्यान्नसहित बरामद मोटरसाइकल छाड्ने शर्तमा सेवाग्राहीसँग पटकपटक घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा सेवाग्राहीबाट लिएको रु ५० हजारसहित पक्राउ गरिएको आयोगको इटहरी कार्यालयले जनाएको छ । 

‘स्टिंग अपरशेन’ भइरहेको र अन्य विस्तृत विवरण आउन बाँकी रहेको आयोगको इटहरी कार्यालयका सूचना अधिकारी पुरुषोत्तम ढकालले बताउनुभयो ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भुवनेश्वर साहले आयोगको इटहरी कार्यालयले स्टिं«ग अपरेशनको सहजीकरणका लागि सहयोग माग गरेपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक नेतृत्वको टोली भन्सार कार्यालय पठाइएको बताउनुभयो ।

दुई मतियार पक्राउ

सप्तरी –आयोग इटहरीको टोलीले सप्तरीबाट प्रनानि  कानुका दुई मतियारलाई पनि पक्राउ गरेको छ । सेवाग्राहीबाट लिएको रु ५० हजार प्रनानि कानुले प्रहरी जवान रामेश्वर यादवलाई नजीकैको जयनारायण यादवको किराना पसलमा लगेर राख्न लगाएको खुलेपछि टोलीले तीनै जनालाई पक्राउ गरेको आयोगका प्रवक्ता अधिकारीले बताउनुभयो । प्रहरी जवान रामेश्वर र व्यापारी जयनारायण मतियारका रुपमा पक्राउ परेका हुन् ।

दुई साता अगाडि खाद्यान्न समानसहित बरामद मोटरसाइकल छाडन सेवाग्राहीसँग पटक–पटक घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा सेवाग्राहीबाट लिएको रु ५० हजारसहित तीनै जना पक्राउ परेको आयोगको इटहरी कार्यालयले जनाएको छ । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि सुनसरीको इटहरीस्थित कार्यालय लगिएको छ ।

प्रहरी चौकी तिलाठीमा राखिएको मोटरसाइकल छाड्ने प्रक्रिया मिलाएर लेखिएको कागजसमेत टोलीले फेला पारेको छ । आयोगको टोली कार्यालय प्रवेश गर्नासाथ प्रनानि कानुले हतारहतार उक्त कागज च्यातेर मिल्काएको अवस्थामा फेला परेको थियो ।  रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने