२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा आँखाका बिरामी बढ्दै

२०७७, १७ कार्तिक सोमबार ०९:१५

कात्तिक १७, रोल्पा । रोल्पामा आँखाका बिरामी बढेका छन् । वायु प्रदूषण र मोबाइलको अत्यधिक प्रयोगका कारण आँखाको समस्या देखिएपछि जिल्ला सामुदायिक आँखा केन्द्रमा उपचारका लागि जानेको चाप बढेको छ । 

विसं २०७५ मा तीन हजार ३९० जना बिरामीले आँखा परीक्षण गराएका थिए । यसरी परीक्षण गराएका मध्ये ६२ जनाले सामान्य शल्यक्रिया गरेका थिए । आँखामा मोतियाविन्दुको समस्या देखिएका १६८ जनाले शल्यक्रिया गरेका हुन् । गत वर्ष चार हजार ५६१ जनाले आँखाको परीक्षण गराएका थिए । यसरी परीक्षण गराएकामध्ये ११५ जनाले सामान्य शल्यक्रिया गरेका थिए । यसैगरी ३०५ जनाले मोतियाविन्दुको शल्यक्रिया गरेका थिए । 

यो सङ्ख्या चालु वर्षमा झनै बढेको देखिएको छ । चालु वर्षको कात्तिक १५ गतेसम्म दुई हजार ३८१ जनाले आँखाको परीक्षण गराएका छन् । यसरी परीक्षण गराएकामध्ये १०२ जनाले सामान्य शल्यक्रिया गरेको र अन्यले औषधि तथा चश्मा प्रयोग गरेको सामुदायिक आँखा केन्द्र रोल्पाले जनाएको छ । 

लामो समयसम्म भएको बन्दाबन्दीमा बालबालिकादेखि बुद्धबुद्धाले समेत मोबाइलको अत्यधिक प्रयोग गरेका कारण आँखाका विरामी बढेको हुनसक्ने सामुदायिक आँखा केन्द्र रोल्पाका इन्चार्ज मिलन खत्रीको भनाइ छ । बन्दाबन्दीको अवधिमा दैनिक पाँच/सात जना बिरामी आउने गरेकामा अहिले यो सङ्ख्या दिनहुँ ३०/३५ पुगेको खत्रीले बताउनुभयो । 

दृष्टिदोष, बालबालिकामा आँखा रातो भएर चिलाउने, चोटपटक लाग्ने, मोतियाविन्दु, जलविन्दु, मधुमेह र उच्च रक्तचापजस्ता समस्या लिएर बिरामी आउने गरेको सामुदायिक आँखा केन्द्रले जनाएको छ । यसरी उपचार गर्नेमध्ये अधिकांश जिल्लावासी भएपनि छिमेकी जिल्ला प्यूठानबाट समेत आउने गरेको केन्द्रको भनाइ छ । 

रोल्पा नगरपालिका—२ निवासी चिन्तामणि आचार्यले दान दिएको जग्गामा बनेको भवनबाट २०७३ सालदेखि सेवा दिइएको छ । भवन निर्माणका लागि अमेरिका—नेपाल सहयोग मेडिकल फाउण्डेशनले सो भवन निर्माणमा सहयोग गरेको थियो । सेवा केन्द्रमा पाँच जना स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् । 

आँखा केन्द्रले बिरामी परीक्षण, सामान्य शल्यक्रिया, शिविरमार्फत मोतिया विन्दुको शल्यक्रिया, चश्मा तथा औषधि वितरण र परामर्श सेवा दिदै आइरहेको छ । जिल्लामै यो सेवा उपलव्ध भएपछि जिल्ला बाहिर जानुपर्ने समस्याबाट मुक्त भएको परिवर्तन गाउँपालिका–३ की गङ्गासरी बुढाले बताउनुभयो । मोवाइल तथा कम्युटरको बढी मात्रामा प्रयोग गर्दा पटकपटक आँखामा समस्या देखिने गरेको बुढाको भनाइ छ । लामो समयपछि आँखा केन्द्रबाट सामान्य सेवा पाइरहेका जिल्लावासीले विशेषज्ञसहितको अस्पतालबाट यो सेवा उपलब्ध भए थप सहजता हुने स्थानीय समाजसेवी नन्दकुमार आचार्यले बताउनुभयो । रासस 







प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल