Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा देउसी भैलो खेल्न नपाइने

२०७७, १८ कार्तिक मंगलवार ०१:४८

कात्तिक १८, गलकोट (रासस) : नेपालीहरुको दोस्रो महान पर्व तिहारका अवसरमा खेलिँदै आएको देउसीभैलो यस वर्ष खेल्न नपाइने भएको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस बागलुङको समुदायस्तरमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले सोमबार १२ बुँदे निर्देशन जारी गर्दै देउसीभैलो नखेल्न भनेको हो । 

प्रशासनले सक्रिय सङ्क्रमित बढी भएर समुदायमा फैलिएको केही वडामा बन्दाबन्दी गर्ने, तिहारका अवसरमा खेलिने देउसीभैलोमा पूर्ण रोक लगाउने तथा अत्यावश्यक काममा बाहेक घरबाहिर नआउन आग्रह गरेको छ । 

कोरोना रोकथामका लागि बागलुङ नगरपालिका–१, २, ३ र ४ वडा सोमबार मध्यरातदेखि लागू हुने गरी एक साताका लागि बन्द गरिने भएको छ भने देउसीभैलो खेल्दा भिडभाड हुने भएकाले जिल्लाभर देउसीभैलो खेल्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनुभयो । 

“सोमबार बसेको सर्वपक्षीय बैठकले सदरमुकामका चार वडामा अत्यावश्यक बाहेकका सेवा, बजार र यातायात बन्द गर्ने र जिल्लाभर देउसीभैलो खेल्न नपाउने निर्णय गरेको छ”, प्रजिअ न्यौपानले भन्नुभयो, “समुदायमा कोरोना फैलिएको क्षेत्रमा बन्दाबन्दी र अन्य स्थानमा भिडभाड बढी हुन सक्ने भन्दै देउसीभैलो खेल्न रोक लगाइएको हो ।”

यस्तै बागलुङ बजार क्षेत्रका बैंक तथा वित्तीय संस्था पनि एक साता बन्द हुने भएका छन् । बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य सङ्घको आग्रहमा बागलुङ बजार क्षेत्रमा बन्दाबन्दी र अन्य स्थानमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । बन्दाबन्दीको समयमा अत्यावश्यक सेवा भने सञ्चालनमा रहने छन् ।

प्रशासनले राष्ट्रिय राजमार्ग भने बागलुङ बजारमा यात्रु झार्न र चढ्न नपाइने गरी सञ्चालन गरिने जनाएको छ ।  बागलुङ बजारका केही व्यवसायी, राजनीतिकर्मी, कर्मचारी, जनप्रतिनिधि र पत्रकारमा कोरोना सङ्क्रमण देखिएपछि बाध्य भएर बन्दाबन्दी गर्न लागिएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिनुभयो । 

बाँदर लखेट्न एकोहोरो शङ्ख फुक्छन् किसान !

बर्खाको खेती होस् वा हिउँदको तरकारी । घर छेउका जङ्गलमा बस्ने बाँदरको बथानले सधैँ विनाश मच्चाउने । खान भनेर लगाएको खेती बाँदरले बोकेर हिँडेपछि किसान सधैँ निराश ।

खेतीपाती नासिएकै पीडाले जिल्लाको जैमिनी नगरपालिका–२ दमेकका केही घर विस्थापित भए । जैमिनी नगरका सबै वडामा बाँदरको समस्या उस्तै छ । सेतो रङ भएको ठुलो बाँदरभन्दा रातो रङ भएको सानो बाँदरले घरघरमै पसेर खाद्यान्नको विनाश गर्छ । ससना बालबच्चा र एक्लै भेटिने वयस्कलाई समेत बाँदरले टेर्दैन । कुकुरलाई  एक्लै भेटेर बाँदरले कुटेका कयौँ उदाहरण किसानसँग छन् । 

समूह बनाएर बाँदर लखेट्ने, एक दुईवटा बाँदर समाउनेदेखि बाँदरले मन नपराउने मोलासिस जातको घाँस लगाउनेसम्मका विधि किसानले गरे तर केही सीप लागेन । अघिल्लो आर्थिक वर्षमा किसानका गुनासालाई सम्बोधन गर्न नगरपालिकाले बाँदर नियन्त्रणका लागि रु पाँच लाख विनियोजन गर्यो । दश वडा रहेको नगरमा हरेक वडालाई र ५० हजार बाँदर नियन्त्रणका लागि अनुदान दिइयो तर केही लागेन । “चौबीसै घण्टा हेरेर बस्ने समय किसानसँग हुँदैन, आँखा चिम्लियो कि खेतीमा बाँदरको रजाईँ”, जैमिनी–१ कुश्मीशेराका प्रेम पौडेल भन्नुहुन्छ, “हामीले जानेको सबै विधि अपनाइयो, बथान बढाएको बाँदरले टेर्नै छोड्यो ।”

नगरपालिकाले स्याङ्जाबाट खरिद गरेर बाँदर लखेट्ने मेसिनसमेत किसानलाई दिएको छ । कार्बन पड्काउने मेसिनले धपाएको बाँदर घुमीफिरी आउँदा किसान थप चिन्तित थिए । अनेकौँ उपाय लगाएर बाँदर धपाउँदा पनि केही नलागेपछि चिन्तित रहेका यहाँका केही किसानले पछिल्लोपटक अपनाएको विधि भने प्रभावकारी बन्न थालेको छ ।

साविकको कुश्मीशेरा गाउँ विकास समिति–२ का किसानले पछिल्लो समय बालीमा बाँदर पसेपछि शङ्ख बजाउन थालेका छन् । शङ्खको आवाजले बाँदर भाग्न थालेपछि किसानले घरेलु विधि अपनाएका हुन् । “सुन्दा नराम्रो सुनिन्छ, पहिले एकदुई पटक एकोहोरो शङ्ख फुक्दा गाउँले तर्सिए”, वडा नं. १ का वडा सदस्यसमेत रहेका किसान रुद्रनाथ शर्माले भन्नुभयो, “बाँदर बसेको ठाउँमै पुगेर एकोहोरो शङ्ख फुकेपछि केही दिन फर्किन्न ।”

अहिले गाउँका सबैलाई बाँदर आउँदा शङ्ख फुक्ने बानी परेको छ । सबैको घरमा शङ्ख हुने र फुक्नसमेत सबैले सक्ने भएकाले यो विधि उपयुक्त रहेको शर्मा बताउनुहुन्छ । किसानले शव बोकेर सागर जाने समयमा बजाएको शङ्खको आवाजले बाँदर भागेको देखेर यो विधि अपनाएका हुन् । 

बाँदर मार्न नपाइने भएकाले नियन्त्रण गर्न निकै समस्या रहेको सरोकारवाला बताउँछन् । “नमारेसम्म बाँदर डराउँदैन, कानूनीरूपमा मार्न मिल्ने व्यवस्था छैन”, जैमिनी–२ का अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले भन्नुभयो, “पहिले लेकमा नदेखिने बाँदर आजभोलि माथि उक्लिएको छ ।” उपयुक्त विधि पाए नगरले लगानी गरेरै भए पनि बाँदरको नियन्त्रण गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै