२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सङ्क्रमण फैलिएपछि पर्वतका चार स्थानीय तहमा लकडाउन

२०७७, १९ कार्तिक बुधबार ०८:३४

कात्तिक १९, पर्वत । कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएपछि यहाँका चार स्थानीय तहमा लकडाउन घोषणा गरिएको छ । कुश्मा नगरपालिका तथा जलजला, मोदी र महाशिला गाउँपालिकामा लकडाउन घोषणा गरिएको हो । कुश्मामा यही कात्तिक १५ गतेदेखि नै लकडाउन जारी रहेको छ भने मोदी गाउँपालिमा सोमबार रातिदेखि लकडाउन जारी रहेको छ । 

त्यसैगरी जलजला गाउँपालिकामा मङ्गलबार रातिदेखि लागू हुने गरी यह िकात्तिक २५ गतेसम्म लकडाउन जारी रहेको छ । उता महाशिला गाउँपालिकाले पनि अर्को निर्णय नहुने बेलासम्म गाउँपालिकाले तोकेका अत्यावश्यक ठाउँमा बाहेक अन्यत्र हिँड्डुल, सवारी साधन सञ्चालन, वित्तीय संस्था तथा सहकारी संस्था र शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । 

कोरोना सङ्क्रमण फैलन नदिन गाउँपालिका स्तरीय सङ्कट व्यवस्थापन समितिको बैठक बसेर अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिनुभयो । उहाँका अनुसार, पछिल्लो समय समुदायस्तरमा दुई जनामा सङ्क्रमण देखिएपछि थप जोखिम नफैलियोस् भनेर लकडाउन गरिएको हो । 

यता जलजलाको मङ्गलबार सम्पन्न गाउँपालिका स्तरीय सङ्कट व्यवस्थापन समितिको बैठकले गाउँपालिकाका वडामा सङ्क्रमण फैलन नदिनका लागि बुधबारदेखि लागू हुने गरी यही कात्तिक २५ गतेसम्म लकडाउन घोषणा गरिएको छ । पछिल्लो समय छिमेकी जिल्ला र स्थानीय तहमा लकडाउन घोषणा भएपछि जलजला गाउँपालिकामा पनि थप सङ्क्रमण नफैलियोस् भनेर लकडाउन गर्ने निर्णय गरिएको जलजलाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । 

गाउँपालिका स्तरीय सङ्कट व्यवस्थापन समितिको मङ्गलबारको बैठकले आजदेखि यही कात्तिक २५ गतेसम्म गाउँपालिकाभरि लकडाउन गर्ने निर्णय गरेको अधिकृत शर्माले जानकारी दिनुभयो । बैठकले गाउँपालिकाभित्र सञ्चालित सबै वित्तीय संस्था, सहकारी संस्थाका कामकाज ठप्प पार्ने, मुख्य बजार क्षेत्र मिलनचोक, मोहनचोक, वारीवेनी, बगरफाँट, लस्तीलगायतका क्षेत्र बन्द गर्ने, निर्णय गरेको छ । 

त्यसैगरी, गाउँपालिका र वडा कार्यालयमा अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गरिएको जलजलाका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिनुभयो । त्यस्तै, अत्यावश्यक सामग्रीहरुका पसलहरु भने बिहान ७ः०० देखि १०ः०० बजे र साँझ ४ः०० देखि ६ः०० बजेसम्म सञ्चालन गर्न दिनेसमेत निर्णय गरिएको छ । जलजलामा हालसम्म सङ्क्रमितको सङ्ख्या २७ पुगेको छ । 

कुश्मा नगरपालिकाले सदरमुकाम कुश्माबजारभित्रका वडा नं ४, ५, ६ र ७ मा यही कात्तिक १५ गते रातिदेखि लकडाउन घोषणा गरेको छ । जसले गर्दा बजारका वित्तीय संस्था, बैंक, सहकारी, शैक्षिक संस्था र उद्योग व्यवसाय ठप्प बनेका छन् । सरकारी कार्यालय खुले पनि सेवाग्राहीको सङ्ख्या न्यून रहेको छ । सवारी साधन भने बन्द गरिएको छैन । एकै दिन समुदायका नौ जनामा सङ्क्रमण देखिएपछि कुश्माबजार लकडाउन गर्ने निर्णय गरिएको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो । 

यसैगरी, मोदी गाउँपालिकामा र मोदी गाउँपालिकाको कार्यालय तथा मोदी गाउँपालिकाका सबै वडा कार्यालयहरुको अत्यावश्यक सेवाबाहेकको सेवा, शैक्षिक सङ्घसंस्थाबाट प्रदान गरिने सेवा, गाउँपालिकास्थित बैंक, वित्तीय संस्था एवम् सहकारीबाट प्रदान गरिने सेवा कात्तिक २२ गते राति १२ः०० बजेसम्म बन्द गरिएको हो । गाउँपालिकाको बेतनी, तिलाहार, डिमुवा, पातिचौर, भद्रखोला र अम्बोट जस्ता बजार क्षेत्रका अत्यावश्यक सेवा र वस्तु बाहेकका पसल पनि बन्द हुने भएका छन् भने मोदी गाउँपालिकाका विभिन्न शाखा सडकबाट सञ्चालन हुने यातायात सेवा बन्द गर्ने निर्णय भएको छ । 

मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा पर्ने गाउँपालिकाभित्रको लोकमार्गमा भने सवारी साधन सञ्चालनमा रोक नलगाइएको प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर  क्षेत्रीले बताउनुभयो । जिल्लाको फलेवास नगरपालिका, विहादी र पैँयु गाउँपालिकामा भने कुनै बन्द तथा सेवा अवरुद्ध गरिएको छैन । छिमेकी जिल्ला म्याग्दीको बेनी नगरपालिका र बागलुङ नगरपालिका पनि उच्च जोखिममा परेपछि एक साताका लागि लकडाउन गरिएको छ । 

पर्वतमा हालसम्म सङ्क्रमितको सङ्ख्या १९२ जना पुगेका छन् भने १५४ जना निको भइसकेका छन् । ३८ जनाको आइसोलेसनमा उपचार भइरहेको छ भने एक जनाको मृत्यु भएको छ ।  रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ